Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

पाल्पा – ताहु-९ धोवादीमा सोमबार बिहान जन्ती बोकेको बस र जिप ठोक्किँदा आठ जना घाइते भएका छन् । दुई जना घाइतेको अवस्था गम्भीर छ । उनीहरुको युनाइटेड मिशन अस्पताल पाल्पामा उपचार भैरहेको छ ।

तानसेनबाट रामपुरका लागि छुटेको लु १ ख ७९९४ नम्बरको जन्ती बोकेको बस र फोक्सिङ्कोटबाट तानसेन आउँदै गरेको लु १ ज १७७७ नम्बरको जीप ठोक्किँदा आठ जना जीपका यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा जीपका चालक फोक्सिङ्कोट-१, का २५ वर्षका चन्द्रबहादुर सिंजाली र जीप धनी ४० वर्षका चेतबहादुर सुनारी गम्भीर रहेको अस्पतालले जनाएको छ ।

जिपमा सवार फोक्सिङ्कोट-१, का खुमबहादुर सिंजाली, कोशलबहादुर फालमगर, १८ लक्ष्मी गाहा,  छवीसरा फाल, जगबहादुर बिक र तुल बहादुर पुन घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रवीन आचार्यले जानकारी दिनुभयो ।

जन्ती बोकेको बसका यात्रु भने सकुसल छन् । घुम्तीमा दुबै गाडीको अत्याधिक गतिका कारणले दुर्घटना भएको आचार्यले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया