Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

टोकियो – आगामी अगस्त महिनाको ६ र ७ तारिखका दिन टोकियोमा हुन गईरहेको नेपाल फेष्टिबलको तैयारीका बिषयलाई लिएर यहाँ क्रियाशील संघसंस्था तथा मिडियाहरुसंगको समन्वय एवं सहकार्यलाई तिब्र बनाउने उद्देश्यले आइतवार पत्रकार सम्मेलनसहितको एक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा नेपाल फेस्टिवलका हालसम्मका तयारीका सम्बन्धमा भईरहेका प्रगतिको जानकारी गर्राईएको छ । सो अवसरमा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले नेपाल फेस्टिबललाई सफल पार्न आवश्यक सहयोग गर्ने प्रतिबध्दता जनाएका छन्।

कार्यक्रममा फेस्टिबल आयोजक समितिका संयोजकसमेत रहेका एनआरएनए जापानका अध्यक्ष सुदन थापाले नेपाल फेस्टिबल नेपाल र नेपालीको साझा कार्यक्रम भएकोले यसलाई सफल पार्न सहयोग गर्न जापानबासी नेपालीहरुलाई अपिल गरे । उनले फेस्टिबलको प्रचार प्रसारमा सहयोग गर्न जापानका सञ्चारकर्मीहरुलाई बिशेष अनुरोध समेत गरे ।

कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष पासाङ शेर्पाले फेस्टिबल आयोजकले जापानको नेपाली समुदायलाई समेट्न नसकेको टिप्पणी गर्दै आफ्नो संस्थाबाट सक्दो सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।

नेपाली जनसम्पर्क समिति माथि लगाइएको फेस्टिबल बिरोधी आरोपको खण्डन गर्दै उक्त संस्थाका महामन्त्री राजेन्द्र जम्मरकट्टेलले सहयोगी भूमिका निर्बाह गर्न तयार रहेको प्रतिबध्दता ब्यक्त गरे ।
सुदूरपश्चिमेली समाज जापानका अध्यक्ष पूर्ण चलाउनेले आफ्नो संस्थाले फेस्टिबलको प्रचार प्रसारलाई तिब्र पारिएको र थप सहयोग गर्न तयार रहेको बताए ।

उक्त अवसरमा नेपाल फेस्टिवलको स्टल बुकिङको समय सीमा सकिएको पनि जानकारी गराईएको छ । कुल ५० वटा स्टल मध्ये खानाको २० वटा र अन्य ३० मध्ये २७ वटा स्टल बुकिङ भईसकेको जानकारी गराईएको छ ।

’अतिथि देवो भव’ भन्ने मुलनाराका साथ टोकियोको मध्यभागमा पर्ने योयोगी पार्कमा नेपाल फेस्टिवल हुन लागेको हो ।

कार्यक्रममा नेपाल फेष्टिवल कार्यक्रमका उपसंयोजकसमेत रहेका जापानी नागरिक डा. कोयावासीले फेस्टिवलमा जापानीहरुको सहभागिता घटदोक्रम रहेको भन्दै चिन्ता ब्यक्त गरे । एनआरएनए आईसीसी सदस्य भूषण घिमिरेले फेष्टिवल जापानमा नेपाल चिनाउने अवसर भएकाले सबै नेपाली एकजुट भएर सफल बनाउनुपर्नेमा जोड दिएका थिए ।***

तपाईको प्रतिक्रिया