Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

INLS 1टोकियो – आइतवार टोकियोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको नियमित साहित्यिक कार्यक्रमको ३७ औं शृङ्खला विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।

भानु जयन्तीको अवसर पारेर आयोजना गरिएको सो साहित्यिक कार्यक्रममा एक कृति बिमोचन गरिनुका साथै दर्जनौ स्रष्टाहरुले आ-आफ्ना रचना वाचन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि जापानका लागि कार्यबाहक राजदूत गेहेन्द्र राजभण्डारीले मुक्तककार अरुण पौडेलद्वारा रचित मुक्तक संग्रह ‘बाडुल्की र यादहरु’ नामक पुस्तकको बिमोचन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले यस्ता संग्रहहरुको प्रकाशनबाट नेपाली साहित्यको बिकासमा टेवा पुग्ने बिचार ब्यक्त गर्नुभयो ।
कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुदन थापा, अनेसासका केन्द्रिय उपाध्यक्ष प्रकाश पौडेल ’माइला’ अनेसासका सल्लाहकार तथा एनआरएनए आइसीसी सदस्य भूषण घिमिरे लगायतका अतिथिले साहित्यिक कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।

शिनओकुबो स्थित सोलमारी रेष्टुरेन्टको सभाकक्षमा भएको सो कार्यक्रम अनेसास जापानका अध्यक्ष बिष्णु घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो । ***

तपाईको प्रतिक्रिया