Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – नेपाल फिलाटेलिक सोसाइटीको स्वर्ण महोत्सवको अवसरमा सूचना तथा सञ्चार मन्त्री शेरधन राईले आज रु एक हजार र रु एक सयको स्मारिका सिक्का सार्वजनिक गर्नुभएको छ ।

मन्त्री राईले आज सोसाइटी ५० वर्षमा प्रवेश गरेको अवसरमा विशेष संस्मरणात्मक आवरण प्रकाशन गर्नुका साथै नेपाल राष्ट्र बैँकद्वारा जारी गरिएको रु एक हजार मूल्यको चाँदीको र रु १०० को क्युप्रोनिकेल धातुको स्मारिका सिक्का मन्त्री राईले सार्वजनिक गर्नुभएको हो ।

सो अवसरमा मन्त्री राईले लामो समयको प्रयासपछि मुुलुककले उत्कृष्ट संविधान प्राप्त गरेको भन्दै संविधानकै जगमा टेकेर देशलाई संवृद्धितिर अघि बढाउनुपर्नेमा उहाँको जोड थियो । उहाँले सरकारले बारम्बार मधेसी दललाई वार्तामा आउन आग्रह गरेको भएपनि मधेसी दलकै कारण सफल नभएको स्पष्ट गर्दै वार्ताबाट मात्रै समस्याको समाधान हुने हुँदा सहमतिमा आउन आग्रह गर्नुभयो ।

सोसाइटीका अध्यक्ष शङ्कर श्रेष्ठले सोसाइटीले हरेक वर्ष विश्वका विभिन्न स्थानमा आयोजना हुने अन्तर्राष्ट्रिय हुलाक टिकट प्रदर्शनीमा भाग लिई पदक प्राप्त गर्दै राष्ट्रको प्रतिष्ठा अभिवृद्धिमा योगदान पुर्याएको बताउनुभयो ।

हुलाक सेवा विभागका महानिर्देशक द्रोर्ण पोखरेलले विगतका दिनमा सोसाइटीले गर्दै आएको कामले राष्ट्रिय पहिचान अभिवृद्धिमा ठूलो योगदान पुगेको छ भन्नुभयो ।

सोही अवसरमा सोसाइटीले आफ्नो आधिकारीक वेभसाइट पनि सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया