Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

झापा – जिल्ला पशुसेवा कार्यालय झापाले चालु आवमा जिल्लाभरिमा युवा लक्षित कार्यक्रम अन्तर्गत ६७ लाख रुपैयाँ अनुदान वितरण गरेको छ ।

पशुपालन, बाख्रापालन, बङ्गुरपालन र पशुपक्षी बजार प्रवद्र्धन गर्न अनुदान वितरण गरिएको हो । एक फर्मलाई  दुई लाखदेखि तीन लाख रुपैयाँसम्म अनुदान दिइएको र तिनको सदुपयोग भएको पशुसेवा सेवा कार्यालयका प्रमुख डाक्टर माधव दाहालको नेतृत्वमा शनिबार गरिएको अनुगमन तथा निरीक्षणबाट देखिएको हो ।

अनुगमनमा सहायक प्रजिअ गोविन्द सापकोटा, प्रमुख वन अधिकृत बोधराज सुवेदी, कोष अधिकृत दिनेश पोखरेल, वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेना, महिला विकास अधिकृत इन्दिरा ओझा, पशुसेवा कार्यालयका डा कुमार खत्री र रासस मेची अञ्चल कार्यालयका प्रमुख मोहम्मद सदरुल लगायत सहभागी थिए ।

अनुगमनका क्रममा झापा गोलधाप गाविसस्थित स्थानीय युवा गणेश पराजुलीद्वारा सञ्चालित प्रगति बोयर बाख्रापालन फार्ममा दक्षिण अफ्रिकाबाट रु सात लाख नौ हजार खर्च गरेर ल्याइएका दुई थान बोयर बाख्र्रा भेटिएका छन् । दैनिक ३ सय देखि ४ सय ग्राम तौल बढ्ने बोयर बाख्रा नेपालमा कहीँ पनि नभएकाले विदेशबाट मगाएको पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार लगभग दुई महिना पहिले ल्याइएका ती बाख्रालाई यहाँ अनुकुल वातावरण नभए पनि बिस्तारै अनुकुल हुँदै गएको र यसबाट उत्पादन लागत र समय कम खर्च हुने तर उत्पादन बढी भई प्रशस्त आम्दानी गर्न सकिने छ ।

यसैगरी गरामनीस्थित सहारा कृषि परियोजनाले पशु विकास डेरी प्रवद्र्धनका लागि जिल्ला पशुसेवा कार्यालयबाट तीन लाख रुपैयाँ अनुदान पाउनुभएका परियोजना सञ्चालक लक्ष्मीप्रसाद सिटौला गाईपालनबाट प्रशस्त आम्दानी गर्न सफल हुनुभएको छ । दैनिक २ सय २५ लि दुग्ध उत्पादन हुने सो परियोजनामा दूध दुहुने यन्त्र खरिद गर्न पशु उत्पादन निर्देशनालयबाट रु ९० हजार थप अनुदान प्राप्त भएको थियो ।

पाँच जनाले प्रत्यक्ष रुपमा रोजगार पाएको सो परियोजनालाई अझ व्यावसायिक एवम् सुदृढ बनाइने सिटौलाको भनाइ छ ।

तपाईको प्रतिक्रिया