Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – सरकारको प्रमुख साझेदार माओवादी केन्द्रले विगतमा भएको भद्र सहमतिअनुसार नेतृत्व आफूलाई दिन दबाब दिएपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी दल काँग्रेसलाई फकाउन थाल्नुभएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । debua and oli

यसअघि संविधान जारी भएपछि एमालेलाई नेतृत्व दिने सहमति भएको भन्ने विषयमा काँग्रेस र एमालेबीच मतभेद बढेपछि दुई दलको सम्बन्ध बिग्रिएको थियो । स्रोतका अनुसार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग एक महिनायता तीनपटक गोप्य भेटवार्ता गरिसक्नुभएको छ ।

उक्त भेटमा ‘कांग्रेसमा नेतृत्व परिवर्तन भएर परिस्थिति फरक भइसकेकाले फेरि दुई दलबीच सहकार्य गरेर संविधिान कार्यान्वयन गरौं भन्ने प्रस्ताव ओलीले राख्दै आउनुभएको छ । देउवाले त्यसको जवाफ भने दिनुभएको छैन् ।

देउवा आफैं र बहुमत सदस्य दुईठूला दलबीच सत्तामा समझदारी गरौं भन्ने प्रधानमन्त्री ओलीको स्वभाविक प्रस्ताव भएको कांग्रेस केन्द्रीय सदस्य एवं सांसद मीन विश्वकर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया