Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने चेतावनी दिनुभएको छ । रिपोर्टर्स क्लब नेपालमा सोमबार बोल्दै उहाँले तीनवटै निर्वाचन नभएसम्म सरकार ढाल्ने सपना कसैले पनि देख्नु नहुने बताउनु भयो ।

उहाँले अहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने र त्यसको अपजस कांग्रेसमाथि आउन सक्ने भन्दै अहिले सरकार ढाल्ने काममा लागे संविधान कार्यान्वयन नहुने तर्फ सचेत गराउनु भयो ।

उहाँले सरकार परिवर्तनको खेलमा लागे मुलुक अस्थिरताको चंगुलमा फेरि फस्ने उल्लेख गर्दै अहिले अस्थिरता ल्याउन खोज्नेहरु आफै संकटमा फस्ने चेतावनी दिनु भयो । ‘मुलुकमा प्रचण्ड मात्रै एक्लो नेता हुन र ? उनको लागि सरकार ढाल्नु पर्ने ? उनी अहिले प्रधानमन्त्री बन्न पनि सक्दैनन् र सफल पनि हुँदैनन्’ उहाँले भन्नुभयो ।

कुनै पनि सरकारलाई एउटा अवधीसम्म चल्न दिएर मुलुकमा स्थिरता कायम गरेर संविधान कार्यान्वयन र आर्थिक समृद्धिको दिशामा अघि बढाउनु पर्ने धारणा राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीको योजनाले जनतामा उत्साह ल्याएकोले कांग्रेसले फेरि जनतालाई निराश बनाउने कुनै पनि निर्णय नगर्ने विश्वास ब्यक्त गर्नुभयो ।

कोइरालाले पार्टीभित्र अहिलेसम्म सरकार परिवर्तनको विषयमा कुनै छलफल नभएको अवस्थामा यस्तो कुरा कसरी बाहिर आयो भनि आश्चर्य ब्यक्त गर्दै राजनीतिक दलका नेताले सम्मान पाउने हो भने केवल प्रधानमन्त्री मात्रै बन्ने खेल खेल्न छाड्नु पर्ने सुझाव दिनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले संविधान कार्यान्वयनको लागि निर्वाचन गरेर मुलुकलाई निकास दिनु पर्छ । सरकार परिवर्तनको खेलमा लाग्नु हुँदैन । एक त यो सरकार ढल्दै ढल्दैन, ढले पनि उनीहरु आफै सकिन्छन् ।’

कोइरालाले कांग्रेस अहिले संगठन र पार्टीलाई बालियो बनाउँदै निर्वाचनमा जाने तयारीमा रहेको स्पष्ट पार्दै निर्वाचन र संविधान कार्यान्वयनको विषयमा प्रधानमन्त्रीले कांग्रेससँग छलफल गरेर अघि बढाउनु पर्ने तर्क गर्नु भयो ।

तपाईको प्रतिक्रिया