Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

काठमाडौं – श्रम तथा रोजगारमन्त्री दीपक बोहराको असार १३ देखि १८ गतेसम्मको मलेसिया भ्रमण विवादमा परेको छ ।

मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेल र अन्य दुई अधिकृतसहित मन्त्री बोहराको मलेसिया भ्रमणमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका चार प्रतिनिधिलाई समेत समावेश गराइएको थियो । तर भ्रमणका क्रममा नेपाल र मलेसियाको द्विपक्षीय वार्तामा व्यवसायीलाई सहभागी नगराइपछि विवाद बढ्दै गएको हो ।

बिहीबार नेपाल फर्किएका व्यवसायीले फर्किएलगत्तै त्यही दिन पत्रकार सम्मेलन गरी आफूहरुको भ्रमणमा अपमान भएको बताएका थिए । उनीहरुले घुमाउन लगिए जस्तो टोलीमा सहभागी गरेर बिना उपलब्धि त्यसै फर्काइएको बताए । व्यवसायीले छलफलमा सहभागी नराउने भए किन आफूहरुलाई लगिएको भन्दै मन्त्रालय र त्यहाँस्थित नेपाली दूतावासले छलछाम गरेको आरोप लगाए ।

शनिबार फर्किएका मन्त्री बोहराले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफ्नो बचाउ गर्नुभयो । उहाँले भन्नुभयो ‘हामीले व्यवसायीलाई पनि छलफलमा सहभागी गराउन चाहेका हौं । तर मलेसियाली पक्ष नमानेपछि सकिएन ।’

उहाँले वार्तामा व्यवसायीलाई सहभागी गराउनैपर्ने कुनै बाध्यकारी व्यवस्था नभएको टिप्पणी गर्दै मलेसियाका तर्फबाट पनि वार्तामा कुनै व्यवसायी सहभागी नभएको स्पष्ट पार्नुभयो । भ्रमणका क्रममा विवादको केन्द्रमा मलेसियास्थित नेपालका राजदूत निरञ्जनमान सिंह बस्न्यात रहनपुग्यो ।

व्यवसायीले पत्रकार सम्मेलनमा राजदूत बस्न्यात भिएलएन नेपाल, बायोमट्रिक प्रणालीजस्ता संस्थामार्फत भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउँदै नेपाल फिर्ता बोलाउन माग गरेका थिए । त्यसलगत्तै मलेसियास्थित नेपाली दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै त्यसमा आपत्ति जनायो ।

मन्त्री बोहरा मलेसिया भ्रमणका गएको समय त्यहाँका गृहमन्त्री रमदानका अवसरमा साउदी अरबको मक्कामा बिदा मनाउन गएकाले भिएलएन, बायोमेट्रिकजस्ता विवादास्पद विषयमा छलफल हुन सकेन । मलेसियाका मानव संसाधन मन्त्रीसँग मन्त्री बोहराले छलफल गर्नुभयो तर उल्लेख्य कुनै सहमति हुन सकेन । मलेसियामा सबै रमदान पर्वमा व्यस्त भएकोे र बिना तयारी गलत समयमा भ्रमण भएको व्यवसायीले आरोप लगाएका छन् ।

भ्रमण उपलब्धिमूलक : मन्त्री बोहरा

श्रम तथा रोजगारमन्त्री दीपक बोहराले मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो मलेसिया भ्रमण उपलब्धिमूलक भएको बताउनुभयो । भ्रमणमा मलेसियाका मानव संसाधनमन्त्री दातो स्रि रिचार्ड राइट अनक जेइमसँगको द्विपक्षीय भेटवार्तामा नेपाल र मलेसियाबीच श्रम सम्झौताका विषयलाई प्राथमिकता दिएर छलफल गरिएको उहाँले बताउनुभयो ।

भेटवार्तामा मलेसियामा कार्यरत नेपालीको सेवा र सुरक्षाका विषयमा समेत सकारात्मक छलफल भएको उहाँको दावी छ । केही महिनादेखि मलेसियाले नेपाललगायत उसले कामदारले आपूर्ति गर्ने १६ मुलुकबाट कामदार लिन प्रतिबन्ध लगाएकामा नेपाललाई खुलाउने विषयमा भ्रमणमा सकारात्मक छलफल भएको उहाँले जानकारी दिनुभयो ।

मलेसियाको कारागार तथा कैद शिविर (डिटेन्सन क्याम्प)मा गरी चार सय ६१ जना नेपाली रहेको र उनीहरुलाई कैदमुक्त गर्नेबारेमा छलफल भएको उहाँले बताउनुभयो । ६ नेपालीको शव मलेसियामा रहेकाले त्यसलाई तत्काल नेपाल ल्याउन आफूले पहल गरेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया