Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

काठमाडौं – व्यवस्थापिका संसद्मा ९ वटा मन्त्रालय र चार वटा कार्यालयको बजेटमाथि एकैपटक छलफल सुरु भएको छ ।

व्यवस्थापिका संसद्मा आइतबार विभिन्न ९ वटा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका लागि आगामी आर्थिक वर्षका लागि छुट्याइएको बजेटमाथि एकीकृतरुपमा छलफल सुरु भएको हो ।

संसद्मा आइतबार स्थानीय विकास, परराष्ट्र, सहरी विकास, उर्जा, आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा समाजकल्याण, सहकारी तथा गरिबी निवारण र रक्षा मन्त्रालयको बजेटमाथि छलफल भएको छ । छलफलमा ती सबै मन्त्रालयका मन्त्री भने सहभागी थिएनन्।

बजेट चाँडो पारित गर्ने योजना भएका कारण एकैदिन १३ वटा मन्त्रालय र कार्यालयको बजेटमाथि छलफल सुरु गराइएको संसद् सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया