फ्रान्स – फ्रान्समा जारी युरोकप फुटबलको अन्तिम क्वाटरफाइनलमा आज राती आयोजक फ्रान्स र आइसल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अुनसार पौने १ बजे स्टे डी फ्रान्समा हुने छ ।
युरोकपकै सफल टिम फ्रान्स र पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन गर्दै आएको आइल्याण्डबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ । आइसल्याण्डविरुद्ध फ्रान्सले अहिलेसम्म ११ खेल खेलेको छ । जसमा ३ खेल बराबरी हुनु बाहेक अन्य ८ खेल फ्रान्सले जितेको छ ।
तेस्रोपल्ट युरोकपको उपाधि जित्ने अभियानमा रहेको फ्रान्सले ३ लाख ३० हजार जनसङ्ख्या भएको नवप्रवेशी प्रतिद्वन्द्वी आइसल्याण्ड पाएको छ ।सन् १९८८ बाहेक सबै संस्करणमा युरोकमा फ्रान्सले सहभागित जनाउदै आएको छ । सन् २००८ र २०१२ को युरोकपमा फ्रान्स क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।
फ्रान्समा जारी १५ औ सस्करणको युरोकपमा पोर्चुगल, वेल्स र जर्मनी सेमिफाइनल पुगिसकेको छ ।आज राती हुने आयोजक फ्रान्स र आइसल्याण्डबिचको विजेता अन्तिम चारमा पुग्ने छ । अन्तिम क्वाटरफाइनलमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागी विश्वकप विजेता जर्मनीसँग खेल्ने छ । – एजेन्सी