काठमाडौं – ललितपुर घटना स्कुल प्रशासन र प्लटिङ कम्पनीबीच भएको लापरबाहीले घटेको सभासदहरूले आरोप लगाएका छन् ।
आजकोे संसद बैठकको शून्य समयमा बोल्दै माओवादी केन्द्रका सांसद योगेन्द्र तामाङ घिसिङले ललितपुरको विद्यालयमा भएको घटनामा स्कूल प्रशासन तथा जग्गा प्लटिङबीच भएको सहमतिका आधारमा भएको कामकारबाहीमा लाहप्रवाहीले कारण घटेको बताउनुभएको छ ।
उहाँले यस विषयमा सरकारले तत्काल छानविन गरी दोषीमाथि कारबाही र पीडितका लागि क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभएको छ । साथै उहाँले देशभरका स्कूलको भौतिक संरचनास्थितिबारे समयमा नै ध्यान दिन र आवश्यक सतर्कता अपनाउन समेत माग गर्नुभयो ।