काठमाडौँ – व्यवस्थापिका–संसद्को आजको बैठकले पूर्वसांसद एवम् शिक्षामन्त्री प्रा डा मङ्गलसिद्धि मानन्धरको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
उहाँको यही असार १७ गते ७५ वर्षका उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो । उहाँ सङ्घीय समाजवादी फोरम, नेपालका केन्द्रीय सल्लाहकार समितिको प्रमुख सल्लाहकार हुनुहुन्थ्यो ।
त्यसअघि उहाँ नेकपा एमालेका तर्फबाट वि.स २०५६ को प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र ७ बाट र सोही दलबाट २०६४ सालको संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित हुनाका साथै पूर्वशक्षामन्त्री पनि हुनुहुन्थ्यो ।
संसद्ले उहाँको निधनमा शोक प्रकटका साथ मानन्धरको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । सदनको बैठक आजै आधा घन्टाका लागि स्थगन भएको छ ।