Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – नेपाली काँग्रेसका युवा नेता गगन थापाले देश विकासका लागि १० वर्ष पछि के गर्ने भनी अहिलेदेखि नै योजना बनाएर अगाडि बढ्नुपर्ने  बताउनुभएको छ । Gagan Jee Ok

अमेरिकामा रहेका नेपालीको सबैभन्दा पुरानो संस्था एएनएको जर्जिया राज्यको एटलान्टामा भएको ३३ औँ अधिवेशनमा सञ्चालित फोरममा नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले तराईको समस्या र भारतीय नाकाबन्दी पृथक् विषय भएको बताउँदै नाकाबन्दी अन्यायपूर्ण कार्य भएको धारणा राख्नु भयो ।

नेता थापाले प्रवासमा रहेका नेपाली चाहे अमेरिका, युरोप, अस्ट्रेलिया जहाँ भए पनि सबैलाई देश विकासका लागि साझेदार बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

देश विकासको अभियानमा सबै जागरुक हुनु आवश्यक : नेता अधिकारी

सोही फोरममा आफ्नो मन्तव्य राख्दै नेकपा एमालेका युवा नेता तथा सांसद रवीन्द्र अधिकारीले एकपटक भोट हालेर चुप लागि बस्नेभन्दा सदैव जागरुक नागरिक आजको आवश्यकता छ भन्दै देश विकासको अभियानमा सबैलाई जागरुक हुन अनुरोध गर्नुभयो । rabindra-adhikari-1231

युवा नेता अधिकारीले नेपालको विकासका लागि योजनाबद्ध विकास बनाएर देश विदेशमा भएका सबैलाई विकासको अभियानमा समाहित पार्दै लैजानुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीले नेपालमा भूकम्प गएको समयमा नेपालीले पुर्‍याएको सहयोगको स्मरण गराउँदै सहयोग गर्न सकिने अन्य क्षेत्रको समेत पहिचान गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

आजबाट सुरु भएको तीनदिने सम्मेलनमा विभिन्न फोरम र खेलकुद कार्यक्रम समेत समावेश भएका छन् ।

तपाईको प्रतिक्रिया