Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

काठमाडौँ – बंगलादेशको राजधानी ढाकामा इस्लामिक अतिवादी समूह आइएसको आक्रमणमा मारिएकाहरुको स्मृतिका सरकारले दुई दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।

ढाकाको गुलसन क्षेत्रस्थित होले आर्टिसन वेकरी क्याफेमा गरिएको आक्रमणमा २० जना मारिएका थिए । मारिनेमा नौ जना इटालियन, सात जापानी, एक अमेरिकी र एक जना भारतीय नागरिक रहेका छन् । घटनामा दुई प्रहरी अधिकृत पनि मारिएका छन् भने ३० जना घाईते भएका छन् । विदेशीहरु माझ लोकप्रिय उक्त क्याफेमा बन्धक बनाइएकाहरु मध्ये १३ जनालाई बंगालादेशी कमाण्डोले १२ घण्टा पछि उद्धार गरेका थिए । dhaka

बन्दुकधारीले मुश्लिमको पवित्र महिना रमादानको अवसरमा रातको खाना खान जम्मा भएका माझ शुक्रबार आक्रमण गरेका थिए । सुरक्षा कारवाहीमा छ जना आक्रमणकारी मारिएको र एक जना पक्राउ परेका छन् । बन्दुकधारीले कुरानका श्लोक पढ्न नसक्नेलाई यातना दिदै मारेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसैबीच, प्रधानमन्त्री शेख हसिनाले दुई दिने शोकको घोषणा गर्दै आतंकवादलाई निर्मूल पार्ने अठोट ब्यक्त गर्नुभएको छ ।

धर्ममा विश्वास गर्ने कसैले पनि यस्तो बर्बर कार्य गर्न नसक्ने उँहाको भनाई थियो । आक्रमणको जिम्मा लिएको आईएसले आक्रमणमा संलग्न पांच जनाको तस्वीर अनलाईन मार्फत सार्वजनिक गरेको छ । – एजेन्सी

तपाईको प्रतिक्रिया