Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – सर्वसाधारणलाई बाढीको जानकारी दिन जल तथा मौसम विज्ञान विभागले सुरु गरेको टोल फ्री नम्बर प्रभावकारी बनेको छ । ph

नदी तथा तटीय क्षेत्र र समथर भाग तराई क्षेत्रका सर्वसाधारणलाई बाढीबाट बच्न पहिल्यै सूचना प्रवाह गर्ने उद्देश्यले विभागले गत वर्षको मनसुनदेखि ११५५ नम्बरको टोल फ्री नम्बरको सेवा सुरु गरेको थियो । मनसुन सुरु भएदेखि नै उक्त नम्बरमा फोन गरेर बाढी र वर्षाको जानकारी लिनेको सङ्ख्या बढीरहेको विभागअन्तर्गतको ‘बाढी भविष्यवाणी शाखा’का हाइड्रोलोजिस्ट तथा बाढी भविष्यवाणीविज्ञ विनोद पराजुलीले बताउनुभएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

‘सर्वसाधारणले राति १–२ बजेसम्म पनि फोन गरेर हामी सुतौं कि नसुतौं भनेर सोध्छन्’ पराजुलीले भन्नुभयो, ‘हामीले मौसमी अवस्थाबारे स्पष्ट पारेपछि मात्र उनीहरू ढुक्क भएर फोन राख्छन् ।’ बिहीबारदेखि धेरै भागमा निरन्तर भारी वर्षा हुन थालेपछि झन् बारम्बार फोन आइरहेको छ ।

‘केही दिनयता धेरैजसो समय टेलिफोनमा सूचना दिदैंमा वित्ने गरेको उँहाले बताउनुभयो । बर्दियाको राजापुर, कर्णाली, कोसी, चतरा, नारायणी, बबई, पश्चिम राप्ती, पूर्वी राप्ती तथा महाकाली आसपास बस्ने सर्वसाधारण र तराईका जिल्लाबाट बढी फोन आउने गरेको पराजुलीले जानकारी दिनुभयो ।

यो सेवा मनसुन अवधिभर रहने बताइएको छ ।

तपाईको प्रतिक्रिया