Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

सुर्खेत – राप्ती नदीमा पानीको बहाव बढेको छ । लगातार पानी पर्दा राप्ती नदिमा पानीको बहाव बढेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।पानीको बहाव बढेर अहिले ४ दशमलव ५० क्यूसेक पुगेको क्षेत्रीय प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दिवाकर सिंहले बताउनु भयो ।

उहाँले राप्ती नदीमा पानीको बहाव बढेर ५ दशमलव ४० क्यूसेक पुग्यो भने खतरा हुने बताउनु भयो ।पानीको बहाव खतराको बिन्दुमा पुगे गंगापुर, पत्तेपुर, मटौया, वेतहन लगायत राप्ती आसपासका गाविसहरु डुबानमा पर्न सक्ने प्रहरीले जनाएको छ ।

राप्ती नदीमा बढेको पानीको बहावले डुवान लगायतका समस्या ल्याउन सक्ने भएकोले सचेत रहन पनि प्रहरीले सर्वसाधारणलाई सुझाव दिएको छ । अहिले मध्यपश्चिमका विभिन्न जिल्लामा ठूलो वर्षा भैइरहेको छ ।

वर्षाका कारण पहिरो जाँदा सुर्खेत जुम्ला सडक खण्ड अन्र्तगत पर्ने कालिकोटमा सडक अवरुद्ध भएको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । ग्रामीण क्षेत्रका अधिकाशं कच्ची सडकमा यातायात सेवा अवरुद्ध भएको छ । वर्षाले प्युठानमा एउटा घर भत्काएको छ ।

तपाईको प्रतिक्रिया