Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

विराटनगर – कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्निप्रसाद खरेलले स्थानीय निकाय, प्रदेश र संसद्को निर्वाचन गराउन सरकार आवश्यक ऐन, कानुन निर्माण र संशोधनमा जुटेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधानको सफल कार्यान्वयनका लागि निर्वाचन आवश्यक छ भन्नुभयो ।

kanun

नेकपा (माओवादी केन्द्र) सँग भएको नौबुँदे सहमतिअनुसार नै सरकार अघि बढिरहेको बताउँदै उहाँले विस्तृत शान्ति सम्झौतानुसार द्वन्द्वकालीन मुद्दा टुङ्ग्याउन सरकारले विधेयक समेत तयार पारिसकेको र सो विधेयक चाँडै संसद्मा प्रस्तुत हुने जानकारी गराउनुभयो ।

वार्ता र संवादका माध्यमबाट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको जायज माग पूरा गर्न सरकार तयार रहेको बताउँदै मन्त्री खरेलले मोर्चालाई वार्तामा आउन आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया