Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

विराटनगर – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार परिवर्तन भन्दा पनि संविधान कार्यान्वयन नै काँग्रेसका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । ramchandra-paudel-1

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले सरकार परिवर्तनका सम्बन्धमा पार्टीभित्र कुनै छलफल नभएको स्पष्ट पार्नुभयो । सत्ताभन्दा पनि संविधान कार्यान्वयनतर्फ दलहरुको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले स्थानीय निकायको निर्वाचन आवश्यक छ भन्दै संविधानको संरचना अनुसार नै सबै निर्वाचन हुनुपर्ने बताउनुभयो । संविधान पुनः लेखनका कुरा सम्भव नभएको बताउँदै नेता पौडेलले संविधान संशोधन गरेर मधेसी मोर्चाका माग सम्बोधन गर्न सकिने बताउनुभयो ।

सरकारले वार्ताका लागि पत्र पठाएकाले अब मोर्चालाई वार्ताको माध्यमबाट समस्या समाधानका लागि अग्रसर हुन आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया