शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

काठमाडौँ – वेल्स युरोकप २०१६ को सेमिफाइनल चरणमा प्रवेश गरेको छ । beals

युरोकप फुटबलको पहिलो सहभागितामैे वेल्स सेमिफाइनलमा प्रवेश गरेर इतिहास रचेको हो । शुक्रवार राति भएको क्वाटरफाइनलमा बेल्जियमलाई ३–१ ले हराएर वेल्सले अन्तिम चारमा स्थान बनाएको हो । खेलको १३ औं मिनेटमा राडेजा नाइनग्गोलानले गोल गर्दै बेल्जियमले सुरुवाती अग्रता लिए पनि यो धेरैबेर टिक्न सकेन ।

३० औं मिनेटमा वेल्सका कप्तान एश्ली विलियम्सले गोल गर्दै खेल पहिलो हाफमा १–१ को बराबरीमा ल्याए । बलमा नियन्त्रण बेल्जियमको बढी देखिएपनि दोस्रो हाफमा वेल्सका लागि रोब्सन कानुले र साम भोक्सल १–१ गोल गर्दा वेल्स सहज रूपमा सेमिफाइनलमा प्रवेश गर्‍यो ।

वेल्स सन् १९५८ को विश्वकपको क्वाटरफाइनलमा ब्राजिलसँग पराजित भएको थियो । वेल्स सन् १९९२ पछि युरोकपको पहिलो सहभागितामै सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ ।

तपाईको प्रतिक्रिया