Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

दोलखा – दोलखाको सुरी गाविसमा पहिरोका कारण २० परिवार विस्थापित भएका छन् । सुरी गाविसको वडा नम्बर ३ मा पहिरो खस्दा २० परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिनुभयो ।

पहिरोका कारण पशुचौपाया पुरिएपनि मानवीय क्षति भने भएको छैन । पहिरो खस्न थालेपछि स्थानीय बासिन्दाले भागेर ज्यान बचाएका थिए । विस्थापितहरुलाई पाल र राहत वितरणको काम पनि भइरहेको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया