Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – स्वदेशी र विदेशी गरी वार्षिक ६ हजारले क्यानोनिङ (छाँगावरोहण)को मज्जा लिने गरेका छन् । प्राकृतिक दृश्यावलोकन, साहसिक खेल र आनन्द समेत पाउने भएकाले नेपालमा नयाँ पर्यटकीय गतिविधिका रुपमा क्यानोनिङको विकास हुँदै गएको छ ।

हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाईडिङ, बञ्जी जम्प, हट एअर बेलुन जस्ता साहसिक पर्यटकीय गतिविधिका लागि नेपाल विश्वमा ख्याति कमाइरहेको सन्दर्भमा पछिल्लो पटक क्यानोनिङप्रतिको आकर्षण बढ्दै गएको छ ।

हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला झरना क्यानोनिङको लागि आवश्यक भएको र नेपालमा पहाडी क्षेत्रमा अग्ला झरना प्रशस्त रहेकाले पनि यस खेलको विकास गर्न सकिने सरोकारवालको भनाइ छ । “प्राकृतिक आनन्द, दृश्यावलोकन र साहसिक गतिविधिमा रुचि राख्नेका लागि क्यानोनिङ खेल उपयुक्त छ, अग्ला झरना पहाडी क्षेत्रमा धेरै भएकाले यो नयाँ पर्यटकीय गतिविधिका रुपमा विकास गर्न सकिन्छ,” नेपाल क्यानोनिङ एशोसीएसनका संस्थापक अध्यक्ष तिलक लामा भन्नुहुन्छ ।

युरोप र अमेरिकाका पर्यटक विशेष गरी क्यानोनिङ खेलका लागि बढी आउने गरेको बताउँदै एसोसिएसनका अध्यक्ष राजेन्द्रबहादुर लामा यसप्रति नेपालीको समेत सहभागिता बढाउन दोस्रो राष्ट्रिय छाँगावरोहण महोत्सव गरिएको र नयाँ नयाँ झरना पहिचान गरी व्यावसायिक रुपमा विकास गर्न प्रयत्न भइरहेको बताउनुहुन्छ ।

अग्ला झरनामा डोरीको सहायताबाट पानीमा भिज्दै तल झर्ने खेलनै क्यानोनिङ हो । दक्ष व्यावसायिक प्रशिक्षकको सहयोगमा एसोसिएसनले पहिचान गरेका झरनामा व्यावसायिक रुपमा क्यानोनिङ गर्न सकिन्छ ।

काठमाडौं, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, लमजङ, कास्कीलगायतका २० भन्दा बढी झरनामा व्यावसायिक क्यानोनिङ गरिन्छ ।
वार्षिक स्वदेशी र विदेशी गरी ६ हजारले क्यानोनिङ गर्ने गरेको सङ्घका कोषाध्यक्ष क्षेत्रबहादुर बस्नेतले बताउनुभयो । यसको विकास र विस्तार गर्नसके देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया