शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको टोलीले नेपालको क्रिकेट क्षेत्रको विकास र सहयोगका लागि नेपालका सम्बन्धित अधिकारीसँग छलफल गर्ने भएको छ ।

आइसिसीको बोर्ड बैठकका क्रममा नेपाल क्रिकेट संघ क्यानमाथि लागेको प्रतिबन्धको बारेमा जानकारी दिँदै आइसीसीका अध्यक्ष शशांक मनोहरले आइसिसीको उच्च प्रतिनिधिले नेपालका सम्बन्धित प्रतिनिधिसँग छलफल गरेर क्रिकेट क्षेत्रमा सुशासन तथा विकासका बारेमा जानकारी लिने बताउनुभएको हो ।

नेपाल आइसिसीको महत्वपूर्ण सदस्य भएको भन्दै उहाँले नेपालमा क्रिकेट साथै पूर्वाधार विकासमा निरन्तर सहयोग गरिरहने बताउनुभएको हो । क्यानमा राजनीतिक हस्तक्षेप भएको र क्यान विवादमा फसेको भन्दै आइसिसीले गएको अप्रिलमा क्यानमाथि प्रतिबन्ध लगाएको थियो ।

यसैबीच साउदी अरेबिया आइसिसीको ३९ औं एसोसियट सदस्य बनेको छ । आइसिसीको बोड बैठकले साउदीलाई पनि एसोसियट सदस्यको मान्यता दिने निर्णय गरेको हो । आइसिसीमा ३९ राष्ट्र एसोसियट सदस्य, ५७ एफिलिएटेट सदस्य र १० राष्ट्र पूर्ण सदस्यको रुपमा रहेका छन् ।

तपाईको प्रतिक्रिया