शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

फ्रान्स – युरोकप फुटबलको दोस्रो क्वाटरफाइनल खेलमा आज वेल्स र बेल्जियमबीच प्रतिस्पर्धा हुने भएको छ । खेल राती पौने १ बजेबाट सुरु हुनेछ ।५८ वर्षपछि पहिलो पटक ठुलो प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको युरोकपको नवप्रवेशी टिम वेल्स आजको खेलमा जित निकाल्दै इतिहास रच्न चाहन्छ ।

पछिल्ला १५ खेलमा बेल्जियमले ५ खेलमा जित निकाल्दा वेल्स ४ खेलमा विजयी भएको थियो । ३ खेल बराबरीमा टुङ्गिएको थियो ।ठुलो प्रतियोगितको क्वाटरफाइनल खेलमा यी दुई टिमको पहिलो भिडन्त हुन लागेको हो ।

सन् १९५८ को विश्वकप फुटबलमा ब्राजिललाई हराउदै सेमिफाइनलमा पुगेपछि वेल्स कुनै पछि ठुला प्रतियोगिताको अन्तिम चारमा पुगेको छैन् । यसैबिच बेल्जियम पनि सन १९८९ यता ठुलो प्रतियोगिताको सेमिफाइनलमा पुगेको छैन् ।

तपाईको प्रतिक्रिया