Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

कञ्चनपुर – लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव आज बिहानबाट बढेको छ । makhali nadi

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार बिहान करिब ११ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ८५ हजार क्युसेक नाघेको हो । पानीको बहाव बढेपछि सीमावर्ती महाकाली नदीमा रहेको शारदा ब्यारेज (वनबासा पुल) मा चार पाङ्ग्रे सवारी साधनलाई बिहान १० बजेदेखि आवागमनमा रोक लगाइएको छ ।

महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि भारतीय पक्षले पुलको अवस्था नाजुक रहेका कारण ठूला सवारी साधनलाई रोक लगाउँदै आएको छ । इलाका प्रहरी कार्यालयका अनुसार पुलमा मोटरसाइकल, पैदलयात्रीलाई भने रोक नलगाइएको बताएको छ ।

सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी र दार्चुलामा वर्षा भएका कारण पानीको बहाव बढ्दै गइरहेको छ ।

तपाईको प्रतिक्रिया