Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ – बेलायत युरोपियन युनियन (इयु) बाट टुक्रने लगभग निश्चित भएको छ ।

स्थानीय समय अनुसार ३ः४५ बिएसटीसम्मको नतिजा अनुसार इग्लिंस सर र वेल्सको दह्रो समर्थनसहित इयुबाट बाहिरिनुपर्ने पक्षमा  ५ लाख मतले अघि रहेको बिबिसीले जनाएको छ । स्कटलण्ड र नर्दन आयरलण्ड ब्रिटेन इयुमा नै आवद्ध हुनुपर्ने पक्षमा उभिएको जस्तो देखिएको छ र लण्डनले स्पष्ट रुपमा इयुमा रहनुपर्ने अभिमत दिएको छ ।

जनमत संग्रहमा आमचुनावमा भन्दा बढी मतदाता सहभागी भएको बताइएको छ । तर यसपटक चुनावी क्षेत्रका आधारमा नभई सम्पूर्ण खसेको मत अनुसार परिणाम घोषणा हुनेछ । मतदानसम्बन्धी विज्ञ जन कुर्टिशले प्रारम्भिक चरणमा इयु छाड्नुपर्ने पक्ष जनमत संग्रहमा विजयी हुने देखिएको टिप्पणी गर्नुभएको छ ।

उँहाका अनुसार १ करोड ६८ लाख १३ हजार मत ल्याउने विजयी हुने अनुमान गरिएको छ । सबै ३ सय ८२ मतगणना केन्द्रका नतिजा प्रमाणित भइ घोषणा भएपछि म्यानचेष्टरको सिटी हलमा प्रमुख मतगणना अधिकारीले चुनावी परिणाम घोषणा गर्ने कार्यक्रम रहेको छ ।

हालसम्म वेल्समा गणना भएको मध्ये ५४.७ प्रतिशतले इयुबाट अलग हुनुपर्ने पक्षमा मत हालेका छन् । उत्तरी आयरलण्ड इयुमै आवद्ध हुनुपर्ने पक्षमा उभिएको देखिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया