शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

अमेरिका – यरोकप फुटबलमा आज समूह डी र ई का खेलहरू हुने भएका छन् । साँझ पौने ७ बजे हुने खेलमा समूह ई को इटाली स्विडेनसँग भिड्ने छ ।

प्रतियोगितामा विजयी सुरुवात गरेको इटाली आज सोही नतिजा दोहोराउन चाहन्छ । त्यसोत पहिलो खेलमा बराबरी खेलेको स्विडेन स्पष्ट जितको खोजीमा हुनेछ ।

यसैगरी समूह डी अन्तर्गतको खेलमा राती पौने १० बजे चेक रिपब्लिकले कोष्टारिकासँग प्रतिस्पर्धा गर्ने छ ।

टर्कीलाई हराउदै कोष्टारिकाले प्रतियोगितामा विजयी सुरुवात गरेको थियो भने चेक रिपब्लिक स्पेनसँग पराजित भएको थियो ।

आजै राती पौने १ बजे हुने खेलमा सोही समूहको स्पेनले टर्कीसँग खेल्ने छ ।

उपाधिको दावेदार मध्येको एक टिम स्पेन लगातार दुई खेल जित्दै तालिकाको शीर्ष स्थानमा रहन चाहन्छ भने टर्की पनि पहिलो जितको खोजमा हुनेछ ।

तपाईको प्रतिक्रिया