सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

दोलखा – दोलखाको भीमेश्वर नगरपालिका–७ पिप्लेका एक बालकको पूजा गरेर फालेको आगो सल्कँदा बुधवार मृत्यस भएको छ । घर नजिकैको जंगलमा जंगली देवताको पूजा गर्नका लागि धुपौरामा आगो बोकेर बत्ती बाली सल्लीपिरमा फालेर आगो सल्कँदा ११ वर्षीय मनिष खत्रीको मृत्यु भएको हो ।
आफ्ना आफन्तसँग जङ्गली देवताको पूजा गरी धुपौरोमा लगेको आगो खनाई फर्केकामा सोही आगोबाट जंगलमा आगलागी भई निभाउन जाने क्रममा सोही स्थानमा बस्ने नारायण खत्रीको छोरा मनिष गम्भीर घाइते भएका थिए ।
घाइते भएका मनिषलाई उपचारका लागि काठमाडौँ लाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले बताउनुभयो ।

तपाईको प्रतिक्रिया