सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले शिवरात्रिमा मेला भर्न पशुपति आएका करिब ५०० साधुसन्तलाई आज बिदाइ गरेको छ ।
देश तथा विदेशबाट आएका साधु, जोगी बाबाजीलगायत सन्तलाई उनीहरको स्तर हेरी रु १५१ देखि रु पाँच हजारसम्म दक्षिण प्रदान गरिएको कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले जानकारी दिनुभयो । कार्यक्रममा कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलको सहभागिता थियो । सो अवसरमा विभिन्न मिठाइ, दक्षिणा, रुद्राक्षको मालाजस्ता उपहार समेत साधु सन्तलाई उपलब्ध गराइएको थियो । केही छुटपुट भएका साधुसन्तलाई बिहीबार पनि दक्षिणा दिएर बिदाइ गरिने जनाइएको छ । शिवरात्रिमा मेला भर्न भारतका दिल्ली, हरियाणा, पन्जाब, वृन्दावनलगायत स्थानबाट साधुसन्त आएका थिए ।
स्वामी अभियानन्द र ९३ वर्षीय डा भीमा शङ्कर ‘गदुर बाबा’समेत मेला भर्न आउनु भएको थियो । गत वर्ष करिब सात हजार साधु सन्त आएकामा यस वर्ष दुई हजार साधु सन्त आएको अनुमान गरिएको छ । कोषले साधुसन्त व्यवस्थापनका लागि रु ११ लाख विनियोजन गरेको थियो ।

तपाईको प्रतिक्रिया