Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा सभापति चयनका लागि भएको दोस्रो चरणको मतदान सम्पन्न भएको छ ।
सभापति पदका लागि आइतबार सम्पन्न भएको निर्वाचनमा कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज अपराह्न २ः४५ बजेदेखि दोस्रो चरणको निर्वाचन सुरु भएको थियो । पहिलो चरणको निर्वाचनमा बढी मत ल्याउने सभापतिका उम्मेदवार शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच दोस्रो चरणको निर्वाचन भएको थियो ।
काँग्रेसको महाधिवेशनमा तीन हजार १६१ मतदाता रहेकामा दोस्रो चरणको निर्वाचनमा तीन हजार १२० मतदाताले मतदान गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । पहिलो निर्वाचनमा सभापतिका प्रत्यासी शेरबहादुर देउवाले एक हजार ५६४ र रामचन्द्र पौडेलले एक हजार १६० मत प्राप्त गर्नुभएको थियो । अर्का प्रत्यासी कृष्णप्रसाद सिटौलाले ३२४ मत प्राप्त गर्नुभएको थियो ।
निर्वाचनको मत गणना भने पाँच ठाउँमा बाँडेर केही बेरपछि राष्ट्रिय सभागृहमा गरिने निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया