Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौँ – नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा सभापति पदमा कुनै पनि उम्मेदवारले पार्टीको विधानतः बहुमत पु¥याउन नसक्दा काँग्रेस इतिहासमा पहिलोपटक सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुँदैछ ।
आइतबार काठमाडौ स्थित राष्ट्रिय सभागृहमा नयाँ नेतृत्वका लागि भएको मतदानमा सभापति पदमा तीनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि सोमबार पुनः दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।
सोमबार बिहान करिब ५ः३० बजे सम्पन्न मतगणनाअनुसार सभापतिका प्रत्यासी वरिष्ठ नेता शेरबहादुर देउवाले एक हजार ५६४ र कार्यवाहक सभापति रामचन्द्र पौडेलले एक हजार १५२ मत प्राप्त गर्नुभएको छ ।
प्राप्त मत परिणामअनुसार वरिष्ठ नेता देउवाको अग्रता रहेपनि ११ मत नपुगेकाले पार्टी सभापति बन्न सक्नुभएन । सभापतिका अर्का प्रत्यासी महामन्त्री कृष्णप्रसाद सिटौलाले ३२४ मत प्राप्त गर्नुभएको थियो । जम्मा खसेको मतमा १०० मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
काँग्रेसको जिल्ला अधिवेशनमा गाउँका मतदाता कम आउने वा आफ्नो विपक्षका मतदाता आउन नदिने अनि थोरै मतान्तरले पनि जिल्ला सभापतिमा विजयी हासिल गर्ने विकृति बढ्दै गएपछि पार्टीमा यो व्यवस्था लागू गरिएको थियो ।
पोखरामा सम्पन्न १०औँ महाधिवेशनबाट यो व्यवस्था केन्द्रीय सभापतिका हकमा लागू गरियो । जसअनुसार केन्द्रीय सभापतिमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत अनिवार्य ल्याउनुपर्ने व्यवस्था कायम गरिएको थियो ।
काँग्रेसका यसअघिका महाधिवेशनमा सभापति पदमा दुईभन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गरेपनि यस्तो अवस्था भने कहिल्यै नआएको काँग्रेसका नेतासमेत रहनुभएका इतिहासकार बस्नेतको भनाइ छ ।
विसं २०५७ मा पोखरामा सम्पन्न काँग्रेसको १०औँ महाधिवेशनमा नेताहरु गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र रामहरि जोशी सभापतिका उम्मेदवार हुनुहुन्थ्यो । जसमध्ये कोइराला सभापतिमा ठूलो मतअन्तरले विजयी हुनुभएको थियो ।
त्यस्तै, २०६१ सालमा काठमाडौँमा सम्पन्न ११औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइराला र नरहरि आचार्य उम्मेदवार रहनुभएको थियो भने यसमा पनि कोइराला ठूलो मतअन्तरले विजयी हुनुभएको थियो । त्यसबेला काँग्रेस विभाजित हुनुका साथै नेता देउवा नेपाली काँग्रेस प्रजातान्त्रिकको सभापति हुनुहुन्थ्यो ।
काठमाडौँ मै २०६७ सालमा सम्पन्न पार्टीको १२औँ महाधिवेशनमा सभापति पदमा नेताहरु सुशील कोइराला, देउवा र भीमबहादुर तामाङले प्रतिस्पर्धा गर्नुभएको भए पनि कोइराला पहिलो चरणमा नै विजयी हुनुभएको थियो । पार्टीको १३औँ महाधिवेशनमा सभापतिका तीनै जना उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेपछि आज सोमबार अपराह्न २ बजेदेखि ५ बजेसम्म राष्ट्रिय सभागृहमा पुनः मतदान हुने समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो ।
सभापतिको दोस्रो चरणको निर्वाचनमा पहिलो दुई जनाबीच मात्र प्रतिस्पर्धा हुने विधानको व्यवस्थाबमोजिम कार्यवाहक सभापति पौडेल र वरिष्ठ नेता देउवाबीच प्रतिस्पर्धा हुने भएको छ । पहिलो चरणको निर्वाचनमा महामन्त्री कृष्णप्रसाद सिटौलाले सबैभन्दा कम मत प्राप्त गरेकाले उहाँ दोस्रो चरणको निर्वाचन प्रक्रियाबाट बाहिरिनुभएको छ ।
आइतबार बिहान ८ः४५ बजेदेखि सुरु भएको मतदान कार्य राति करिब १० बजे मात्रै सम्पन्न भएको थियो भने कुल तीन हजार १६१ मतदातामध्ये सभापति पदामा तीन हजार १४८ ले मतदान गरेको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया