Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – नेपाली काँग्रेसको आगामी नेतृत्व चयन गर्न मतदान जारी रहेको बेला सभापतिका तीनै उम्मेदवार शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलामध्ये को विजयी होला भन्ने विषय यतिखेर सबैको चासो बनिरहेको छ ।
पार्टीमा कार्यबाहक सभापतिको जिम्मेवारी सम्हाल्नुभएका पौडेल, तीन पटक प्रधानमन्त्री भइसक्नुभएका वरिष्ठ नेता देउवा र महामन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका सिटौलाले आ–आफ्नो पक्षमा मत परिणाम आउने दाबी गरिरहनुभएको छ । काँग्रेसमा संस्थापन र नेता देउवा गरी प्रमुख दुई वैचारिक गुट रहेका देखिन्छ । पौडेल र सिटौलाले संस्थापन पक्षको नेतृत्व गर्नुहुन्छ भने नेता देउवा आफ्नो गुटबाट सभापतिका एक्ला उम्मेदवार हुनुहुन्छ ।
पार्टीको १२ औँ महाधिवशेनपछि काँग्रेसमा संस्थापन र नेता देउवा पक्षबीच ६०/४० को हैसियतमा भागबण्डा लाग्ने गरेकामा १३ औँ महाधिवेशनसम्म पुग्दा भने त्यसमा परिवर्तन आएको बताइन्छ । पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि आज बिहान ८ः४५ बजेदेखि जारी मतदान अपरान्ह् ४ बजेसम्म हुनेछ । आजै राति सभापतिको परिणाम आउने काँग्रेसको निर्वाचन समितिले जनाएको छ ।
तीनै उम्मेदवार निर्वाचनमा आफू नै विजयी हुने दाबी गर्नुहुन्छ । नेता देउवा पक्षले संस्थापन पक्षबाट दुई उम्मेदवार मैदानमा उत्रिएकाले सभापतिमा देउवा पहिलो चरणमै विजयी हुने ठोकुवा गरेको छ । तर यसमा संस्थापन पक्षको विश्लेषण भने फरक छ । संस्थापन पक्षका सभापतिका उम्मेदवार पौडेल पक्षधर ‘सिटौलाले धेरै मत ल्याउन नसक्ने र पौडेल नै विजयी हुने’ दाबी गरेका छन् । काँग्रेसका चर्चित युवा नेता गगन थापालाई महामन्त्रीमा राखेर सभापतिमा उम्मेदवारी दिएका सिटौला पक्षधरले पनि आफैँ विजयी हुने आकलन गरेको छ । दाबी र तर्क जेसुकै भएपनि आजराति १२ बजेसम्म नतिजा कुर्नुपर्ने हुन्छ ।
काँग्रेसमा सभापतिमा निर्वाचित हुन ५० प्रतिशत भन्दा बढी मत ल्याउनुपर्ने विधानमा व्यवस्था छ र ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसके भोलि पुनः निर्वाचन गराइने छ ।

तपाईको प्रतिक्रिया