Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – नेपाली काँग्रेस आबद्ध विभिन्न देशका जनसम्पर्क समितिका प्रमुख एवम् प्रतिनिधिले पार्टीको १३ औँ महाधिवेशनमा नोटको प्रभाव भोटमा नपार्न आग्रह गरेका छन् ।
विदेशस्थित विभिन्न १० मुलुकका जनसम्पर्क समितिले शनिवार रिपोर्टर्स क्लबमा संयुक्त पत्रकार सम्मेलन गरी पार्टीभित्रको ६० र ४० को भागबन्डालाई अन्त्य गरिनुपर्ने बताए । पार्टीको १३औँ महाधिवेशनमा सभापतिका उम्मेदवारले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनावश्यक भ्रम छर्ने प्रयास गरेकोप्रति आपत्ति जनाउँदै समितिले प्रमाणबिना प्रचार नगर्न सम्बन्धित पक्षलाई आग्रहसमेत गरे ।
साथै, उनीहरुले पार्टीमा लामो समय योगदान पु¥याएका त्यागी र निष्ठावान व्यक्तिलाई मतदान गर्ने स्पष्ट पारेका छन् ।
नेपाली जनसम्पर्क समिति बेल्जियमका सभापति सुवास जोशीले सभापतिका तीनैजना उम्मेदवार सक्षम रहेपनि पार्टी सङ्गठनलाई दिगोरुपमा अगाडि लैजानसक्ने योग्य व्यक्तिलाई मतदान गर्ने बताउनुभयो । नेपाली जनसम्पर्क समिति अमेरिकाका निवर्तमान सभापति विष्णु सुवेदीले पार्टीलाई जीवन्तता दिने व्यक्तिलाई मतदान गर्न समितिका प्रतिनिधिलाई आग्रह गर्नुभयो । जनसम्पर्क समिति स्पेनका सभापति सालिकराम डुम्रेले निर्वाचनमा विजय पराजयभन्दा पनि सहभागिता जनाउनु ठूलो कुरा भएको भन्दै पार्टीप्रति समर्पित नेतालाई मतदान गरिने उल्लेख गर्नुभयो ।
जनसम्पर्क समिति अस्ट्रेलियाका सभापति सन्तोष सिटौला, बेलायतका सभापति विज्ञान प्रसाईं, संयुक्त अरब इमिरेट्स ९युएई० का सभापति चित्र केसी, डेनमार्कका सभापति नवराज आचार्य, बेलायतका प्रतिनिधि महेशकुमार दाहाल, जापानका प्रतिनिधि चिरञ्जीवी थापा, दक्षिण कोरियाका पूर्व सभापति नवराज शिवाकोटीलगायतले सहमतिको आधारमा नेतृत्व चयन गर्न आग्रह गर्नुभयो । काँग्रेसका १७ मुलुकमा रहेका जनसम्पर्क समितिबाट १३औँ महाधिवेशनका लागि १२६ महाधिवेशन प्रतिनिधि छन् ।

तपाईको प्रतिक्रिया