Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाडौंँ – देशकै सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको महाधिवेशनमा ५ करोड खर्च हुने अनुमान गरिएको छ । महाधिवेशनका लागि डा रामशरण महतको संयोजकत्वमा गठित आर्थिक समितिले ५ करोड खर्च हुने अनुमान गरेको हो ।
कांग्रेसले महाधिवेशनका लागि आर्थिक संकलन समेत सुरु गरिसकेको छ । यसपटक महाधिवेशनमा करिब ५ करोड लाग्ने अनुमान कांग्रेसको छ । त्यसमा पार्टीको आन्तरिक स्रोतबाट साढे २ करोड र बाँकी बाह्य स्रोतबाट चन्दा उठाएर महाधिवेशन सम्पन्न गर्ने तयारी छ ।
कांग्रेसले महाधिवेशन खर्च जुटाउन पार्टीकै सांसद र महाधिवेशन प्रतिनिधिबाट करिब साढे २ करोड उठाउने भएको छ । थप साढे २ करोड रकम चन्दाबाट उपलब्ध हुने उसले जनाएको छ । कांग्रेसमा २०८ सांसद छन् । हरेक सांसदबाट १५ हजार तथा सांसदसमेत रहेका केन्द्रीय सदस्यबाट २० हजार रुपैयाँका दरले लेबी उठाउने भएको छ । यसबाट ३० लाखभन्दा बढी रकम उठ्ने अनुमान गरिएको छ ।
महाधिवेशन प्रतिनिधिबाट कति रकम उठाउने भन्नेबारे अझै निर्णय हुन बाँकी रहेको पार्टीले जनाएको छ । स्रोतका अनुसार आर्थिक कमिटीमा रहेका सदस्यले महाधिवेशन खर्चका लागि एक एक लाख हाल्ने भएका छन् । आर्थिक कमिटीमा भए पनि सांसद चिनकाजी श्रेष्ठले भने महाधिवेशनका लागि ५० हजार रुपैयाँ दिनुहुने भएको छ । आजदेखि सुरु हुने महाधिवेशन २३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

तपाईको प्रतिक्रिया