Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाडौं – नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा सभापति पदका लागि तीन नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र शेरबहादुर देउवाले औपचारिक रुपमै आ–आफ्नो टीम घोषणा गरेका छन् । सभापतिको उम्मेदवारी घोषणा गरेका देउवा, सिटौला र पौडेलले कांग्रेस सभापतिमा दाबी गर्ने आ–आफ्नै आधार समेत पेश गरेका छन् । तर तीनै जनाको भाव एउटै छ ‘पार्टीलाई भागबण्डाका आधारमा होइन नीतिका आधारमा अघि बढाउने’ ।
नेपाली कांग्रेस प्रजातान्त्रिक र सस्थापनको रुपमा २०५६ सालमा विभाजन भएपनि २०६३ सालमा एक भएको थियो । तर त्यसपछिका बर्षमा पार्टी एक भएपनि सस्थापन ६० र प्रजातान्त्रिक ४० को भागबण्डा कायमै रह्यो । १२ औ महाधिवेशनपछि पार्टी एक ढिक्का बनाउने भनिएपनि सभापति स्वर्गीय सुशील कोइरालाको नेतृत्वमा त्यो सम्भव भएको थिएन । त्यसैले त १२ औ महाधिवेशनको जस्तै १३ औ महाधिवेशनमा पनि फरक फरक समूहमा प्यानल घोषणा गरेका सभापतिका उमेद्वारको साझा धारणा भने पार्टीमा गुटगत राजनीतिको अन्त्य गर्ने दाबी गर्दै आएका छन् ।
यसरी उमेद्वारी घोषणाका क्रममा नेताहरुले आ आफ्नो सक्षमताका विषयमा उल्लेख गरेपनि कार्यकर्ता भने नेताहरुको गुण अबगुणका बारेमा यसरी चर्चा गर्छन ।

शेरबहादुर देउवाः नीति भन्दापनि नेतामुखी प्रवृति । राजनीतिक मुल्य मान्यतामा कमजोर, व्यक्तिगत स्वार्थका लागि जस्तोसुकै सम्झौता गर्न पछि नपर्ने । बहुदलीय ब्यवस्थाका बिरुद्ध राजदरबारले गरेका षडयन्त्रका साझेदार, जसका कारण नेपालीहरुले केही समय स्वतन्त्रता समेत गुमाउनुपरेको थियो । पार्टीको निर्णय विपरित संसद विघटन गरेर चुनावको घोषणा गरी राजालाई बहुदलीय ब्यवस्था बिरुद्ध खेल्न दिएको कांग्रेसको निश्कर्ष ।
नीजि स्वार्थका कारण कांग्रेस विभाजन गराउने दुस्साहसिक निर्णयले कांग्रेसलाई विचार र सिद्धान्तमाथि दाग लगाएको आरोप कायमै छ । सत्ताका स्थायी खेलाडी, २०५ सदस्यीय संसदबाट ४८ जनाको जम्बो मन्त्रीमण्डल बनाएको र सांसद खरिदविक्रीको परम्परा भित्र्याएको आरोप । जसका कारण कांग्रेसभित्र ठेकेदारी प्रथाको उदय भएको र देउवा समूहमा नै मौलाएको आरोप ।
बीपी कोइराला र सुवर्ण समशेरको पालामै कांग्रेस भित्र कोइराला र राणा परिवारको नजानिंदो द्वन्द्व थियो । देउवा पत्नी आरजुलाई राणा खान्दानसँग जोडेर कोइराला खान्दान बिरुद्ध चुनौतीका रुपमा बंश राजनीति देउवाले अघि बढाउँछन् भन्ने भयमा कांग्रेसको संस्थापन पक्ष छ ।
संस्थापन पक्षबाटै देउवा समूहमा गएका अर्जुननरसिंह केसीलाई देउवाले महामन्त्रीको उम्मेदवार बनाएका छन् । १३ औ महाधिवेशनमा सस्थापन पक्षका नेताहरु तान्ने होडमा लागेका देउवालाई अझैपनि व्यक्तिगत स्वार्थमा निहित भएकोले पूरै विश्वास गर्ने आधार नभएको कार्यकर्ताको बुझाइ छ । त्यसैले त पार्टीको नेतृत्व दिदा कुन बेला भड्खालोमा परिने हो भन्ने त्रासमा रहन्छन कार्यकर्ताहरु ।

रामचन्द्र पौडेलः रामचन्द्र पौडेल तुलनात्मक रुपमा पार्टीको नीति सिद्धान्तको ब्याख्या गर्न सक्ने नेताका रुपमा कांग्रेस भित्र लिइने नाम हो । पार्टी भित्र निरन्तर रहेपनि उनले कहिल्यै गुटगत राजनीतिलाई अंगालेका छैनन । अर्थात पौडेलको अहिलेसम्म पनि आफ्नो गुट छैन ।
तर, उनलाई हिम्मत नभएको, संकिर्ण, दोधारे र समयमै निर्णय लिन नसक्ने नेताको पगरी गुथाइन्छ । निर्णय गर्दा जोखीमी उठाउन नसक्ने र आफ्ना साना स्वार्थमा अल्झिने र ठूलाठूला निर्णयमा पछि पर्ने नेताको आरोप लाग्ने गरेको छ ।
सानो चित्त भएका र राष्ट्रिय चिन्तन भन्दा मसिना स्वार्थको जालोले पौडेललाई माथि उठ्न नदिने र त्यसैले उनी सभापति भए पार्टीमा पौडेलको कमाण्ड नचल्ने धेरैको अनुमान छ । पौडेललाई निर्णायक अवस्थामा दोधार देखाउने र आफ्नो छुट्टै दृष्टिकोण नहुने नेताका रुपमा धेरै कांग्रेसले चित्रण गर्दै आएका छन् ।
जोखीम उठाएर निर्णय गर्न नसके पनि लोकतान्त्रिक मुल्य मान्यताका बिरुद्ध सम्झौता नगर्ने पौडेलको सकारात्मक गुणलाई धेरैले स्वीकार गरेका छन् ।
लिगेसीको राजनीतिलाई मान्यता दिने कांग्रेसमा विपी पुत्र सशांक कोइराला महामन्त्री हुनु, गणेशमान सिंहका छोरा प्रकाशमान सिंह प्रस्तावक बस्नु र गीरिजाप्रसादकी पुत्री सुजाता कोइरालाले आफ्नो उमेद्वारी नै फिर्ता लिएर पौडेललाई समर्थन गर्नु सकारात्मक पाटो हो । तर सस्थापनमा नै दुइ समूह भएपनि पौडेलको उमेद्वारी पनि दरिलो भने देखिएको छेन ।

कृष्णप्रसाद सिटौलाः तत्कालीन नेकपा माओवादीलाई शान्तिप्रकृयामा ल्याउने र कांग्रेसको राजनीतिक विरासत रक्षा गर्ने गुप्त खेलाडी सिटौला हुन् । गिरिजाप्रसाद र सुशील कोइराला कार्यकाललाई सफल बनाउन खेलेको भूमिकापनि महत्वपूर्ण छ । दोस्रो जनआन्दोलन र त्यसपछिको शान्ति प्रक्रियामा सिटौलाले दाहिने हातका रुपमा निरन्तर गिरिजाप्रसादलाई सहयोग गरे ।
पार्टीलाई एक ढिक्का बनाउने र सस्थापनको पक्षमा उभिएका कार्यकर्ता बीचमा भने सिटौलाको अहिलेको भूमिकाले चित्त बुझेको छैन । सिटौलाको भूमिकाले राष्ट्रिय राजनीतिमा सहमति सहकार्य निर्माणका मुख्य पात्रका रुपमा स्थापित भएपनि आन्तरिक रुपमा अस्वस्थ प्रतिस्पर्धामा उत्रनुलाई भने सहज मानेका छैनन ।
आफू कोइरालाको बंशज नभएपनि विरासत धान्न सक्ने क्षमता भएको नेता मान्ने सिटौलाले महामन्त्रीमा गगन थापालाई अघि सार्नु भनेको युवाको नेतृत्वको पनि सम्मान गर्नु हो भन्ने कुरामा भने युवाहरुको सहमती छ ।

तपाईको प्रतिक्रिया