शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

आज देशको दुरावस्थाका कारण नेपाली युवा वर्गको भविष्य अन्धकारमय बनेको छ । परिवार, समाज र राष्ट्रकै राजनैतिक, आर्थिक, सामाजिक एव साँस्कृतिक रुपान्तरणको मात्र नभएर शोषण, दमन, अन्याय अत्याचार लगायतको ग्रसित समाजलाई अध्याँरोबाट उज्यालोको मुहार बदल्नका लागि महत्वपूर्ण भूमिका र योगदान गर्न सक्ने युवा वर्गको भविष्य नै दोधारमा छ । जसको काँधमा राष्ट्रको समेत जिम्मेवारी छ, त्यही जनशक्तिहरु सदियौं देखि बेरोजागर बन्नु भएको छ । एक तथ्य अनुसार देशको कुल जनसंख्याको करिव ६९ प्रतिशत जनसंख्या वेरोजगारी, अर्धवेरोजगारीको स्थितिमा दिन ब्यतित गर्ने गरेका छन । नेपालको सनर्भमा १६ वर्षदेखि ४० वर्षसम्मका ब्यक्तिहरुलाई युवा मानिएको छ, तर राज्यले युवाहरुको लागि ठोस नीति तथा कार्ययोजना बनाउन सकेको छैन । देशमा पुरातनवादी सामान्ती सोच, अवैज्ञानिक शिक्षा प्रणालीका कारण नेपाली युवा वर्गहरु आफ्नो इच्छा शक्ति भए अनुसारको अवसर र सीप अनुसारको पारिश्रमिक नपाउँदा उनीहरुको बेरोजगार बनिरहेका छन् । राज्यले उत्पादशील जनशक्तिलाई परिचालन गर्न सकेको छैन । देशमा दिनदाहादै युवा वर्ग चोरी, डकैती, कुटपिट, हत्या, हिंसा र बलात्कार जस्ता अराजक, उछृङ्खल गतिविधिहरुमा लाग्ने गरेका छन् ।

नेपालीको विदेशी मोह
गोर्खा भर्ती केन्द्रका अतिरिक्त भारतमा गैरसैनिक क्षेत्रमा रोजगारीका लागि लाखौं नेपालीहरु सामेल भए त्यसपछि नेपाली युवाहरुको विदेशी मोह बढ्दैं गयो । देशमा प्रजातन्त्रका लागि लड्ने हुन वा लोकतन्त्रका लागि रगत बगाउने, जनताहरुलाई सार्थक जीवन जीउन सिकाउने, छातीमा गोलीको वर्षा हाँसीहाँसी छाती थाप्ने युवावर्गहरु अहिले आफ्नो प्यारो मातृभूमि छोडी बिदेशी भूमिमा सस्तो श्रममा रुपमा सीप र जागँरलाई बिक्री गरिरहेका छन । संसारका सवै देशमध्य नेपाल यस्तो देश हो, यहाँका ४० लाख भन्दा बढी युवावर्ग वेरोजगार भई रोजगारको लागि छिमेकी देश भारत र तेस्रो मुलुकमा जाने गरेका छन ।
देशमा रोजगारीको अवसर नहुनु, राज्यद्वारा नै बिदेशी सेनामा आफ्ना युवाहरुको प्रवेशका लागि बैधानिकता प्रदान गर्नु, नेपाल र भारत वीच खुल्ला सीमाना हुनुले पनि नेपाली युवावर्गहरुको भविष्य अल्योलमा छ । नेपाल सरकारले संस्थागत रुपमा बैदेशिक रोजगारीको लागि अफगानिस्तान, अमेरिका, आइसल्याण्ड, ईजरायल, इजिप्ट, इन्डोनिसिया, अष्ट्रेलिया, कतार, कम्बोडिया, कुवेत, क्यानडा, क्यूवा, कोरिया, दक्षिण कोरिया, कोलम्बिया, ग्रीस, चीन, जर्मन, जापान, जम्भिया, डेनमार्क, नर्वे, नेदरल्याण्ड, पोल्याण्ड, फ्रान्स, दुवै फिजी, फिनल्याण्ड, ब्राजिल, बेलायत, बेल्जियम, युल्गेरिया, बोलिभिया, बङ्गलादेश, मलेसिया, मास्को, रुस, लिविया, लेवनान, साउदी अरविया, संयुक्त अरव इमिरेट्स, कङ्कन, हँगेरी, र मलेसिया जान पाउने वैधानिकता दिएपछि झनै नेपाली युवावर्गहरुलाई विदेश जाने बाटो फराकिलो बन्यो ।

आज राज्यले युवाहरुलाई हतियार बनाएर आफ्नो सत्ता स्वार्थ पूरा गरी राज्यले तमाम युवाहरुको जीवन नै वर्वाद बनाईरहेको छ । जसले गर्दा गरिवी झन गरिव भईरहेका छन । देशमा कृषि, पर्यटन, जलश्रोत, उद्योग, कलकारखाना जस्ता क्षेत्रहरुमा युवा शक्तिलाई परिचालन सकेको छैन । युवावर्गका लागि राज्यसंग नीति तथा ठोस कार्यक्रम नहुँदा देश झन पछाडी धकेलिएको छ । हामीले इतिहासलाई नियाल्ने हो, भने वेलायतको औद्योगीक क्रान्ति, युरोपियन मुलुकको मजदुर आन्दोलन, चीनमा कम्यूनिष्ट आन्दोलन, जातीय बिभेद बिरुद्व होस वा लैंगिक असमानता बिरुद्व मजदुर मुक्तिका लागि होस एंव विद्यार्थीको शिक्षाका सवालमा युवा वर्गहरुको ठुलो योगदान छ । उदाहरणको रुपमा लिने हो भने, १९१९ मे ४ को युवा वर्गकै आन्दोलनमा टेकेर सन् १९६१ मा कम्यूनिष्ट पार्टीको स्थापना भएको थियो । यस्ता बिभिन्न खालका इतिहासलाई नियाल्दैं जाँदा हाम्रो देशका लाखौं युवा वर्गहरु वेकामे बनिरहेका छन । देशमा रोजगार नहुँदा सके वैधानिक रुपमा नसके अवैधानिक रुपमा रातारात देश छोड्न बाध्य भएका छन ।

आज रातारात युवा वर्गहरु देशबाट पलायन हुदा राज्यले केही रेमिट्यान्स पाएको होला, परिवाले सामान्य आधारभूत आवश्यकता परिपूर्ति गर्नसम्म पाएका होलान् तर त्यसको पीडा कति कहालिलाग्दो छ । त्यसको सही मुल्याङ्कन कसले गर्ने ? एउटा सामान्य नागरिकले राज्यबाट पाउनुपर्ने सेवा सुविधा के-के हुन त्यो उसको मौलिक अधिकार भित्र पर्ने गर्दछ । जुन सरकारले ती मौलिक अधिकार कुण्ठित गर्छ त्यसवेला हामीले नचाहेपनि कानूनी रुपमै स्वदेशीभूमिबाट लखेटिनुपर्दछ ।

देश नै शोकमय हुने खवर
आज अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तौं पिच्छे चार/पाँच वटा नेपालीका शव आईरहेका छन । धन कमाउन, घरपरिवारलाई खुशी बनाउने सपना बोकेर विदेशिएका नेपालीहरु कतिपयको मृत्यु भएको छ भने कतिपय मृत्युको मुखमा पुगेका छन । विदेशी मुलकुको कानुन अनुसार ’बचाऊ मेरा भगवान’ भन्दैं फासीको सजाँय भोग्न बाध्य भएका छन् । कुनै देशमा नेपालीहरुको मृत्यु भयो भने, त्यस देशको कानुनी प्रक्रियामा जाँदा/जाँदैं महिनौ तथा वषौं सम्म लाग्ने गरेको छ । आफन्तले महिनौ वषौं दिन वितिसक्दा पनि काजकिरिया गर्न पाईरहेका छैनन् । छोरा छोरीको कमाईले सुखद भविष्यको कल्पना गरी बसेका एउटा घरपरिवारलाई उल्टै मृत्यु भएको खवर सुन्न पाउँदा त्यो पीडाभन्दा काहालिलाग्दो पीडा अरु के नै हुनसक्छ ? पछिल्लो समयमा विदेशमा घरेलु कामदारका रुपमा महिलाहहलाई ललाई/फकाई लगिने गरिएको छ । जसले गर्दा घरेलु हिंसाका घटनाहरु बढ्दैं गईरेका छन । अधिकांश महिलाहरु यौन शोषणमा परिरहेका छन । जीवनभर विभिन्न किसिमका दीघकालिन रुपमा सन्चो नहुने रोग को शिकार हुन पुगका छन । जोखिमपूर्ण काम र त्यहांको वातावरणीय असरले गर्दा आंशिक वा पूर्णरुपमा अपाङ्ग हुने गरेका छन । आफ्नो ओत लाग्ने सानो झुपडी घर र दुई चार महिनासम्म खाना पुग्ने जग्गा जमिन भू-मालिकको हातमा बन्धकी राखेका छन । साहुको सावाँ र ब्याज तिर्न नसक्दा कैयौँ नेपाली युवावर्गहरु कालान्तरसम्म बिदेशमै आँसुको पोखरी बनाई त्यही पोखरीमा डुबुल्की मारी बस्नुपरेको छ ।***

समस्याको समाधान
अहिले युवा वर्ग जसरी बिचार, दृष्टिकोणबाट भुत्ते भएका छन, त्यहि विचारलाई पगालेर तिखार्न राज्यले कदम चाल्नर्ुपर्दछ । राष्ट्रको खातिर खम्वाको काम गर्ने विचारले संसारलाई हाक्ने आँट भएका युवाहरुलाई स्वदेशमै रोजगारीको सिर्जना गरिनर्ुपर्दछ । आफ्नै देशमा युवा वर्गलाई क्षामता, योग्यता र सीप अनुसारको काम र काम अनुसार पारिश्रमिकको ब्यवस्था गरी सवै बाहिर गएका युवा जनशक्तिलाई स्वदेश फर्किने वातावरण राज्यले बनाउनर्ुपर्दछ । आज देश के-के कारणले युवाविहिन बन्न लाग्यो त्यसको खोजी गरिनर्ुपर्दछ । यसरी युवा वर्ग बिदेश पलायन हुदाँ राष्ट्रले के पायो र के गुमायो – यो कुरालाई जबसम्म राज्यलाई बोध र युवा वर्गले आफुले रगतको जति पसीना बगाउनु परेपनि आफ्नै देशमा बगाउन सोच बनाउनर्ुपर्दछ । त्यसपछि घरपरिवार, समाज, र राष्ट्र समृद्धिको मुहारमा बदलिने छ । ***

 

तपाईको प्रतिक्रिया