Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सन् २०२४ को अप्रिल महिनामा १ लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्।  गत वर्षको अप्रिलमा ९८ हजार ७७३ जना भित्रिएकोमा यस वर्ष १२.७६ प्रतिशत पर्यटक आगमन वृद्धि भएको हो ।

योसँगै सन् २०२४ को ४ महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ४ लाख १६ हजार ६९ पुगेको छ । नेपाल पर्यटन बोर्डका अनुसार अप्रिल महिनामा भित्रिएका कुल पर्यटकमध्ये ३० हजार १५८ जना भारतीय छन् । यो कुल संख्याको २७.०७७ प्रतिशत हो । यसैगरी अमेरिकाबाट अवधिमा ९ हजार ९४७ जना, चीनबाट ९ हजार ७५० जना,आयरल्याण्डबाट ५ हजार ३९१ जना भित्रिएका छन् ।

अस्ट्रेलियाबाट ४ हजार ११० जना भित्रिएकोमा बंगलादेशबाट ४ हजार ३ जना, फ्रान्सबाट ३ हजार ७५५ जना, जर्मनीबाट ३ हजार २७० जना, रुसबाट २ हजार ९७७ जना र मलेसियाबाट २ हजार ३१० जना भित्रिएको बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया