Deneme Bonusu Veren Siteler
बिहिबार, पौष २५, २०८१
Thursday, January 9, 2025

टोकियो – चर्चित गायिका सिन्धु मल्लले बुधबार जापानबासी नेपाली दिदीबहिनीहरुलाई तीजका भाकामा छमछमी नचाएकी छिन् । तीजको अवसरमा आयोजित तीज बिशेष सांगीतिक कार्यक्रमका लागि जापान आएकी सिन्धुले आफ्ना एक दर्जन गीत गाएर कार्यक्रममा उपस्थित दर्शक दिदीबहिनीहरुलाई मनोरञ्जन प्रदान गरेकी हुन् ।

sindhu2‘चिटिक्कै भा’छु रे’ गीत गाउँदै स्टेज उक्लिन के पाएकी थिईन् गायिका सिन्धु दर्शक दिदीबहिनीहरु पनि आफ्नो ठाउँ छोडेर नाच्दै स्टेज उक्लिन थाले । सलिन स्वभावकी सिन्धु त्यसैमाथि रातो साडी र निधारमा टिकिया, उनलाई देखेर कार्यक्रम हेर्न आएका अधवैंशे युवाहरु गीतको लयमा नाच्दै जिस्काउँदै थिए । कार्यक्रममा उनले बिहे भएका र नभएका युवायुवतीका लागि फरक फरक तीजे गीत गाउँदा दर्शकदीर्घाबाट आएको हुटिड्डले इकेगामी खाइकान हल गुञ्जाएमान बनेको थियो ।

दोस्रो पटक जापान आएकी सिन्धुले ‘चिटिक्कै भा’छु रे’ बोलको गीत सक्नासाथ ‘चुरापोते रातो साडी’, ‘हेर्नुभयो स्वामी ज्यूले लाजले भए भुतुक्कै’, ‘तिज आयो’, ‘झल्झली आँखामा’, ‘म त नेपाली’, ‘धरानको बजारमा’, ‘लाठीचार्ज नगर मेरो मायामा’ लगायतका गीतमार्फत उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरिन् ।

लामो समयको प्रतिक्षापछि जापान आएका गायिका सिन्धुले स्टेजमा गाउँदागाउँदै पनि उनीसँग फ्यानहरुलाई सेल्फी खिच्न भ्याईनभ्याई देखिन्थ्यो । करिब एक घण्टा लामो समय स्टेजमा बिताएकी उनले दर्शकदीर्घाबाट आएको मागअनुसार ‘लाठीचार्ज नगर मेरो मायामा’ बोलको गीत दोहोर्‍याएर गाईन् ।

nitaत्यस्तै अर्की गायिका निता पुन मगर पनि आधा दर्जनभन्दा तीजका भाका लगायत सालैजौ गीतहरु गाएर उपस्थित दर्शक दिदीबहिनीहरु मन जित्न सफल भईन् । ‘बाबाको आँगनीमा काँकरीको झाल’ गीतबाट आफ्नो प्रस्तुती सुरु गरेकी उनले माईत जान नपाएका दिदीबहिनीहरु आफ्नो माईती घरको झल्को दिलाईन् ।

त्यसलगत्तै ‘नरोए आमा’, ‘भदौरे भेल’ गीतमार्फत उपस्थित दिदीबहिनीहरुलाई भावुक बनाउँदा ‘बिध्यानश’, ‘सेल्फी सेल्फी’, ‘नाचेको कसरी’, ‘माछा मिठो’, ‘बाग्लुड्ड बजारमा’ लगायतका गीत गाएर छमछमी नचाउन सफल भईन् ।

कार्यक्रममा बाद्यबादनसँगै कलाकारहरुले दोहोरी गीत गाएर दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गरे । त्यस्तै एभरेष्ट ईन्टरनेश्नल स्कुलले पनि आफ्नो आकर्षक मारुनी नृत्य प्रस्तुत गरेको थियो भने स्थानीय कलाकारहरु प्रकाश सापकोटा, बिनोद भण्डारी, प्रदिप कार्कीले पनि प्रस्तुती दिएका थिए ।

गल्कोट स्पोर्टस कलब र गल्कोट समाज क्षेत्रीय कमिटी, टोकियोको आयोजनामा सम्पन्न कार्यक्रममा हालै समपन्न एआरएन जापानको अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई, गल्कोट स्पोर्ट क्लबका खेलाडीहरु र अन्य विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

sindhu1 sindhu prgm1 prgm nita2 nita1

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया