Deneme Bonusu Veren Siteler
बिहिबार, पौष २५, २०८१
Thursday, January 9, 2025

टोकियो – स्कुल बिदा हुने दिन आइतबार । कोही दिनभरि काम गरेर त कोही मनोरञ्जन गरेर बिताउने गर्दछन् । निकै व्यस्त दैनिकीलाई सहयात्री बनाउँदै अगाडि बढेकी एउटी पात्र हुन् पोखराकी कामना पुन । हप्तामा पाँच दिन स्कुल त्यसैमाथि रातभरीको काम गराईले थकित बनेकी कामना आइतबार झपक्क फुलबुट्टासहितको साडीमा देखा परिन् ।
कामना एक्लै थिईनन् उनको वरिपरि थुप्रै महिला दिदीबहिनीहरु पनि रातो साडीमा सजिएर रमाइला कुराकानी गर्दै थिए । कसैले जापानको व्यस्त दैनिकीमा आफुले भोगेको पिडा सुनाउँदै थिए, त कसैले सुख भए पनि माईत जान नपाएकोमा दुःख मान्दै थिए । एकैछिनमा इकेबुकुरो बुन्का सेन्टरको परिसर जापानबासी नेपाली दिदीबहिनीले भरिभराउ भयो । त्यही भीडमा एउटा भीड देखियो जहाँ गायक रामजी खाँडलाई आफ्नो जालमा पार्ने सुन्दरीको जमात ।
यसैबीच कलाकारहरु आए । सबैको प्रतिक्षाको घडी सकियो । कलाकारसँगै झपक्क साडी र गरगहनामा चिटिक्क परेका महिला दिदीबहिनीहरु पनि हलभित्र प्रवेश गर्न सुरु गरे । एकाएक हल दिदीबहिनीहरुको संख्याले भरिभराउ भयो ।
दुइ घण्टा ढिलागरी सुरु भएको कार्यक्रममा स्थानीय गायकद्धय सूर्य  खड्का र बिनोद भण्डारीले यस्तै छ कहानी परदेशीको बोलको गीत गाउँदै उपस्थित दर्शकहरुको ध्यान स्टेजतिर केन्द्रित गराए । त्यसलगत्तै स्टेज उक्लिएकी गायिका भूमिका गिरीले ‘सुन मेरा संगिनी’ बोलको गीत गाउँदै हल बाहिर भएका दिदीबहिनीहरुलाई प्रवेश गर्न बाध्य बनाईन् । ‘त्यो दिल भित्र, लौका चाख्न मौका देउ, धमाकेदार डान्स’ लगायतका गीत गाएर दर्शकहरुलाई छमछमी नचाउन सफल भईन् ।

तीजको उपलक्ष्यमा दिदीबहिनीहरुलाई शुभकामना दिंदै गायक रामजी खाँड जब स्टेजमा देखा परे युवतीहरुको एक हुल उनलाई घेर्न स्टेज उक्लिए । कारण गत बर्ष आउँछु भनेर नआएका रामजीलाई कारबाही गर्न पो रैछ । रामजी पनि के कम रिसको जवाफ मुस्कानले दिंदै ‘सुनको चुरा औंठी नि सुनकै छ’ भनेपछि युवतीहरु भुतुक्कै भए । जब रामजीले गाउन थाले बालबच्चादेखि बुढापाकासम्म उनीसँगै नाच्नका लागि स्टेजतर्फ अगाडि बढे ।

‘सुनको चुरा औंठी नी सुनकै छ’ गाएलगत्तै उनले ‘छल्कियो छल्कियो मेरो जवानी’ बोलको गीत गाउँदा युवतीहरु छमछमी नाच्दै रमाउन थाले । त्यसबाहेक उनले ‘जय जय बाबा बोमबोम, मायाले फसायो नबोलि नबोलि, फूल फूलेर पहेंलै भयो’ लगायतका चर्चित गीत गाएर बिदा हुने अनुमति माग्दै गर्दा दर्शकहरुबाट वान्स् मोरको अपिल आएपछि रामजीले सजिलै स्टेज छोड्न पाएनन् । चारैतिरबाट दर्शकको हुलभित्र फसेका उनलाई गत बर्षको भाग पनि गाउनलाई दबाब आयो ।

दर्शकदीर्घाबाट आएको आग्रह अनुसार उनले ‘दिउँला फेरी जवानी फिरीमा’ बाजा तालको गीत गाएर थप मनोरञ्जन प्रदान गरे । लगत्तै उनले ‘तीजको बेला छमछमी नाचौं न’ बोलको गीत गाएर स्टेजबाट बिदा लिए ।

त्यस्तै साँझ छिप्पिन लाग्दा ‘नरोए आमा’ गीत गाउँदै स्टेज उक्लिएकी गायिका देवी घर्ती  मगरले एकाएक महिला दिदीबहिनीहरुको मुहारमा भावुकता ल्याईदिइन् । तीजको बेला कार्यक्रमको शिलशिलामा यहाँ आएकी देवी आफु यो सालको तीजमा माईत गएर आमाले पकाएको दर खान नपाएकोमा दुःख मान्दै व्यस्तताले माईत जान नपाएका दिदीबहिनीका आमाप्रति समर्पित गरिन् ।

तीजको शुभकामना दिंदै उनले ‘ढल्कियो ढल्कियो’ गीत गाएर केही बेरको भावुकतालाई विर्साउँदै स्टेजमा उपस्थित दर्शक दिदीबहिनीहरुलाई छमछमी नचाउन सफल भईन् । दर्शकहरुलाई संगीतको नशामा झुमाउँदै गर्दा उनले उक्त गीत सकिन नपाउँदै ‘मरक्कै कम्मर’ गाउँदा स्टेजमा उर्लिएको दर्शकको हुललाई थाम्न आयोजकलाई हाम्मेहाम्मे परेको थियो । तेस्रो पटक कार्यक्रमको शिलशिलामा जापान आएकी देवीले आफ्ना आधा दर्जन चर्चित गीत गाएर दर्शकहरुलाई छमछमी नचाईन् ।
‘कोई छैन, हैन ओइ बाटुली, भुरुरु पुतली उड्यो, बिहे नगर भाई हो, गुनियो किन्ने दाम’ लगायतका चर्चित गीत गाउँदै उपस्थित दर्शकलाई कार्यक्रमको अन्तिमसम्म नचाएर मन जित्न सफल भईन् ।

वीफरअल जापानको आयोजनामा सम्पन्न तीज महोत्सवमा स्थानीय  गायक सूर्य खड्का र बिनोद भण्डारीले गीत गाउँदै उपस्थित दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गरे । कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराइले तीजको महत्वको बारेमा अाफ्नो विचार राख्नुभएको थियो । वैशाख १२ को महाभूकम्पबाट पीडित वालवालिकाहरूको सहयोगार्थ विद्यालय निर्माणमा सहयोग गर्ने उद्देश्यले कार्यक्रम अायोजना गरिएको संस्थाले बताएको छ ।***
weforall1
1 IMG_8410 IMG_8464 IMG_8522 IMG_8532
weforall2
weforall3 weforall4 weforall5 weforall6 weforall7 weforall8 weforall9 weforall10 weforall11 weforall12 weforall13 weforall14 weforall15

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया