सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौं – नुवाकोट र रसुवाका ३५ जना पत्रकारलाई मोबाइल चार्ज गर्ने पावर बैंक र त्रिपाल वितरण गरिएको छ ।

मध्य नेपालको पहिलो सामुदायिक टेलिभिजन देवचुली टेलिभिजन नवलपरासीको संयोजनमा ३५ जना पत्रकार र उनका परिवारलाई पावर बैंक र त्रिपाल वितरण गरिएको टेलिभिजनका निर्देशक केबी रानाले बताउनुभयो ।

सडक, विद्युत्, सञ्चार सेवा पनि भूकम्पले क्षतविक्षत पारेपछि सबैको सहारा र आशाको केन्द्रविन्दु पत्रकार बनेकाले सूचना सम्प्रेषणमा सहज बनाउन पत्रकारलाई सहयोग गरेको निर्देशक रानाले उल्लेख गर्नु भयो ।

अमेरिकाको क्यालिफोर्नियाको रोल एन्ड हाइट कम्पनीमा कार्यरत युवाहरु जोगेश कुमार, रामप्रसाद शर्मा, मनिराम न्यौपाने, देवेन्द्र बोहराले उपलब्ध गराएको रु दुइ लाखबराबरको सहयोग रकमबाट उक्त सामग्री उपलब्ध गराइएको हो । ***

तपाईको प्रतिक्रिया