Deneme Bonusu Veren Siteler
बुधबार, पौष २४, २०८१
Wednesday, January 8, 2025

Jeevanटोकियो – बागलुङको राङ्खानीमा जन्मिएका जीवन शर्मा सँधै अभावमा बाँचेर पनि जीन्दगीभरी जनताको मुक्तिको गीत गाईरहेका छन् र नेपाली जनताको मनमा छाईनै रहेका छन् ।
उनले फोकल्याण्डको टापुबाट, सिमली छायांमा बसी, यसपाली त यस्तै भो आमा अर्को साल आउने छु दशैंमा…….’ जस्ता राष्ट्रप्रेमको भाव बोकेका र जनजिब्रोमा झुण्डिएका कालजयी गीतहरु गाएर सदाबहार गायककारुपमा आफुलाई उभ्याएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५ समयः साँझ १७ बजे स्थानः आराकावा सन पर्ल हल आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय गीता पाईजा पुन मगर र प्रगति पुन मगर आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राष्ट्र र जनताको गीत सँधै केन्द्रमा राखेर लामो साँगीतिक यात्राका असजिला जंघार पार गर्दै आएका जीवनले गीतमा सर्जकले एउटा काँधमा राष्ट्र र अर्को काँधमा जनतालाई बोक्नुपर्ने बताउँछन् । पञ्चायतका कहालीलाग्दा अवस्थामा भूमिगत भएर गाउँदाखेरिको सौन्दर्य र अहिलेको खुल्ला अवस्थामा गाउँदाखेरिको सौन्दर्यताको मजा र बिशेषता आ-आफ़्नै प्रकारको रहेको उनले बताएका छन । उनको खास नाम रामकृष्ण आचार्य हो । झ्याउरे, भजन गीत गाउँदा गाउँदै शर्मा रक्तिम गीत संगीततिर होमिएका हुन् ।

बिद्वान गायककारुपमा चिनिने जीवन शर्माले दर्शन र राजनीति शास्त्रमा स्नातक गरेपछि उनले अङ्ग्रेजी र मानवशास्त्र गरी दुईवटा बिषयमा स्नातकोत्तर गरेका छन् । इञ्जिनियर पढ्न राजधानी झरेका जीवन जनताको मुक्तिको गीत गाउनुमा नै मुलुकप्रतिको कर्त्तब्य पुरा हुने र यसैमा स्वर्णिम आनन्द आउने बिश्वासका साथ असहज बाटो रोजेको र कहिल्यै आर्थिक हैसियत उकास्ने तिर नलागेको बताए ।Jeevan 2

उनी अहिले पनि काठमाडौंमा भाडाको घरमा बस्दै आएका छन् । असाध्यै कष्टकर कालखण्ड पार गरेर जनगायकको उचाई हासिल गरेका गायक शर्माले आफुले प्राप्तिका लागि कहिलै नगाएको र केही दिनका लागि मात्र गाएको बताउँछन् । जनतामा चेतना जगाउन सबैभन्दा सजिलो माध्यम गीत र संगीतनै भएकोले आफुले यो क्षेत्र रोजेको र यसबापत राज्यबाट पुरस्कारस्वरुप जेल, नेल, टियर ग्यास, गिफ़्तारी, अश्रुग्यास र कष्टडी पाएको बताउँछन् ।

मनोरन्जनका लागि मात्र नभएर निस्वार्थसंग काम गर्ने हो भने गीतको माध्यमबाट पनि राष्ट्रको सेवा गर्न सकिने उनको बुझाई छ ।

आफ़्ना युगका एउटा जिउँदो इतिहास मानिने जीवन शर्मा सशक्त र जिवन्त सिर्जना उतार्नमा पनि उत्तिकै माहिर मानिन्छन् ।
एउटा यस्तो सर्जक, स्रष्टा र विलक्षण प्रतिभालाई ढिलै भए पनि जापान बोलाएर गल्कोट समाज जापानले साँच्चिकै एउटा होनहार ब्यक्तित्वको सम्मान गरेको जापानबासी नेपालीहरुले अनुभूत गरेका छन् । ***

गायक शर्मासंग समुद्रपारिले गरेको कुराकानी : 

तपाईको प्रतिक्रिया