Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

पहिलोः ‘२४/२५ वर्ष भैसकियो कहिले यो भेडा भाषा पढेर कहिले पैसा कमाउने यार मलाई त टेन्सन नै लागेर आइसक्यो भन्या ।’
दोस्रोः ‘त्यही त आजभोलि कक्षामा सेन्सेइ (टिचर) ले पनि लास्टै  कडा गर्न लाईराछ । यसो टेवलमा घोप्टी परे उठाईहाल्छे भन्या निद्राले झ्याप्प बनाउँछ अनि पारो तातिन्छ ।’
तेस्रोः ‘बरु तोपेले ठीक गर्यो नि टाप दिएर । स्कुल जान पनि परेन, पैसा तिर्न पनि परेन, कमायो-खायो-मोज गर्यो ।’ सिनओकुवोबाट यामानोते लाइनमा इकेबुकुरो जाने क्रममा पंक्तिकारले सुनेको ३/४ जना नेपाली जवान भाइहरुबीच भएको संवादको अंश हो यो ।

त्यस्तै एकदिन अफिस सकेर हतार हतार घरतिर सोझिँदै थिएँ । पहिलेदेखि नै चिनेजानेको एकजना भाइ एक्कासी भेट भयो । करिव ४ वर्ष अगाडि उनीसँग मेरो पहिलो भेट भएको थियो । उमेरले सानो अनि जापान पनि म भन्दा केही समय पछि आएको हुनाले मैले उसलाई भाइ भन्थें । त्यसो त उसले पनि पहिलो भेटमा मलाई दाइ भनेर सम्बोधन गरेको थियो । परदेशमा भेटिएका नेपाली भाइ अनि उसले लगाएको मौलिक साईनोले मलाई कताकता नजिक बनायो । त्यो रात मैले उनैको बारेमा धेरैबेर सोचिरहें, निद्रा नआउञ्जेल – ‘रगतको साइनोभन्दा आत्मीयताको गाँठो बलियो हुन्छ, जुन सांसारिक परिवन्दबाट मेटिन सक्दैन, समयले छुटाउन अनि  इश्वरले चुँडाउन पनि अरु यस्तै यस्तै… के-के, के-के । पहिलो पटकको भेटघाटमा गरिएका केहीवेरको भलाकुसारीले अझ निकटता दिलाएजस्तो लागेको थियो । परदेशको ठाउँमा सकेसम्म एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ । सोही अनुसार मैले काम गर्ने होटलमा उसलाई हप्ताको तीन दिन काम लगाईदिएको थिएँ ।

मेरो आफ्नो एउटा नराम्रो बानी भनौं कि के भनौ म आफूभन्दा उमेरले सानाहरुलाई भाइवहिनी भन्छु अनि तिमी भनेर सम्बोधन गर्छु । खै कुन्नि के भनौं वानी नपरेर या त नजानेर जीवनमा मैले मेरो बाबालाई समेत कहिल्यै तपाइ भनेर सम्बोधन गरिन । अहिले घोत्लिएर विगत सम्झँदा दुइ  कारणमध्ये एक होईन दुवै हो भन्ने मेरो ठम्याई छ । ‘ए वाउ, भात खान आउ’ भनेर आँगनको डिलबाट कुर्लिंदा  ख्याल मज्जा त आउँदैनथ्यो ।

करिव-करिव ४ वर्षको अन्तरालमा भएको हाम्रो यो दोस्रो भेटले मलाई निकै खुशी बनायो । मसँगको पहिलो भेटमा उ अति नै नरम शैलीमा प्रस्तुत भएको थियो । मैले लगाईदिएको काम पनि निकै मेहनत गरेर गर्थ्यो  । त्यतिबेला मैले उसलाई एउटा जेहेन्दार र मेहनती केटाको दर्जामा राखेको थिएँ । मेहनती छ, कलिलो छ, प्रगति गर्ला आशाको त्यान्द्रो…. ।

समयको कालखण्डसँगै मानिसको शारीरिक, मानसिक र विचारमा फेरवदल भैरहन्छ । त्यही परिवर्तन मैले यो दोस्रो भेटमा उही भाइमा देखें । लामो कपाल पालेको, एक हातमा चुरोट च्यापेको, अनि अर्को हातमा वियरको क्यान । अघिल्लो पटक भेट्दा नमस्ते दाइ भनेका ती हातहरु आज ‘के छ ब्रो’ भन्ने शब्दसँगै सीधै मतिर तेर्सिए  । मैले हात मिलाएँ । उसले चुरोटको धुवाँको सर्को अर्कोतिर फ्याल्दै  बल लगाएर मेरो हात कस्दै केही वेर हल्लाईरह्यो । मैले कुरो अगाडि बढाएँ । भाइ के छ खबर ? धेरैमा भेट भईयो खुशी लाग्यो । पढाई कता पुर्‍यायौ ? अनि अहिले के गर्दैछौ ? पहिले भन्दा अहिले अलि मोटाएछौ ।

मैले कुरा सक्न नपाउँदै चुरोट च्यापिरहेकै दुइ  औंलाले मेरो भुँडीमा घोच्दै उसले भन्यो- ‘तिमी नि वुढा तिमी, के सारो मोटाको ? यो भूँडी के हो यस्तो ?’ मैले उसको हात हटाउन खोजें । उसको हातको औंलाले मेरो भूँडीमा अलिअलि घोच्यो त्यो भन्दा बढी उसको बोल्ने शैली र वचनले मेरो मुटुमा घोच्यो ।

परिस्थितिलाई सहज बनाउँदै मैले उसको यो बदलिएको प्रस्तुतीको रहस्य थाहा पाउन मन लाग्यो । अनि मैले सिरियस हुँदै भनें- के गर्दैछौ त आजभोलि ? पढाई सकेर काममा लाग्याै कि क्या हो ?  आज विदा हो ? मेरो अनुहार र प्रस्तुतीमा सिरियसपन देखेर नै होला सायद उसले पनि केही संयम हुँदै भने- ‘दाइ मैले त नाम्मीन (रिफुजी) हानें । मैले तत्कालै प्रतिक्रिया जनाएँ – ‘किन त पढाई सकेको भए कस्तो राम्रो हुन्थ्यो हेर यस्तो लोर्के मान्छे !’ उसले यथार्थता बतायो-‘भिसा दिएन नि दाइ ।’ मैले फेरि सोधें किन नि ? उसले अन्तिम उत्तर दियो -‘अरु के हुने त्यही त हो नि दाइ ‘हाताराकीसुगी’ (धेरै काम गरेकोले) ।’***

(नोट : नियमले पाउने भन्दा बढि समय काम गर्नुलाई जापानीमा हाताराकीसुगी भनिन्छ)

तपाईको प्रतिक्रिया