Deneme Bonusu Veren Siteler
बिहिबार, पौष २५, २०८१
Thursday, January 9, 2025

Miss Magar Okटोकियो –  म्याग्दी दोवाकी १९ वर्षीय उषा पाईजा मगरले हालै सम्पन्न राष्ट्रियस्तरको सिंगापुर इन्टरप्राइजेज मिस मगर नेपाल – २०१४ को ताज पहिरिन सफल भइन् । नेपाल मगर संघ कास्कीको आयोजनामा सम्पन्न प्रतियोगितामा उनले ३० जना भन्दा बढी प्रतिष्पर्धीलाई उछिन्दै मिस मगर नेपालको उपाधि जितेकी हुन् । बाबा धनबहादुर पाईजा मगर र आमा ओमकुमारी पाईजा मगरको कोखबाट जन्मिएकी उनी हाल परिवारसंगै पोखराको फुलबारीमा बसोबास गर्दै आएकी छिन् । स्नातक दोस्रो बर्षमा अध्ययनरत उषा बहुप्रतिभाशाली युवती हुन् । भविष्यमा बैकको म्यानेजर बन्ने लक्ष्य बोकेकी मिस मगर उषासंग रमेश  श्रीष मगरले गरेको कुराकानी :

मिस मगर नेपालको उपाधि चुम्दा कस्तो महसुस गर्नुभयो ?
एकदम खुशीको अनुभूति भयो । किन कि बलियो प्रतिष्पर्धावाट फरक पहिचान बनाउन सफल भएकी छु । उपाधि ग्रहणसंगै जिम्मेवारी पनि बढेको महसुस भएको छ ।

तपाईको कुन खुबीले ताज दिलाएजस्तो लाग्छ ?
रुपको सुन्दरताले मात्र पुग्दैन, भित्री ज्ञानको सौन्दर्य पनि हुनुपर्छ । मैले आफ़्ना कुरा राम्ररी भन्न सकें । विशेषगरी मनको कुरा भन्न सक्ने खुबीले मुख्य भूमिका निभाएको थियो ।

अबको तपाईको लक्ष्य ?
अबको मेरो लक्ष्य भनेको बैकिङ क्षेत्रमा म्यानेजरसम्म बन्नु हो । तर यो क्षेत्र अपनाउदैमा मिस मगरको पहिचान गुमाउंदिन । पहिचान जोगाउनकै लागि पनि समग्र नेपाली कला र संस्कृतिको जगेर्नामा लागिपर्ने छु ।

प्रतियोगिता सम्पन्न भएपछि पक्षपात भयो भन्नेहरुलाई के भन्नुहुन्छ ?
प्रगति गर्नेको डाहा गर्ने, खुट्टा तान्ने नेपाली समाजमा कुनै कमी छैन । मेरो हकमा पनि त्यहि भएको हो । पक्षपात भयो भन्नु हार स्विकार्न नसक्नुको पीडा वा हारको बोली मात्र हो । त्यसमा मेरो केहि भन्नु छैन ।

समाजमा जर्जर बनेको जातीय विभेद न्यूनिकरण गर्न अबको तपाईको प्रयास के रहन्छ ?
एक जना व्यक्ति वा मैले गरेर समाजमा परिर्वतन आउनु भन्दा पनि बन्दै गरेको संविधानमा समान हक, अधिकार र अवसर प्रदान गर्न सके स्वभाविकरुपमा विभेद न्यूनिकरण हुन्छ ।

तपाईको बलियो पक्षचाँहि के रह्यो ?
आत्मविश्वास र पारिवारिक सहयोग ।

कसैको प्रेममा पर्नुभएको छ कि ?
म आफु अझै सानै छु जस्तो लाग्छ । त्यसैले आमाबुवाको मायामै हुर्किरहेकी छु । (मुस्कुराउंदै) हजुरको प्रश्नको अर्थ पनि बुझेकी छु तर मैले अझैसम्म कसैको प्रेममा परेको जस्तो अनुभव चांहि गरेकी छैन ।

प्रेमविवाह रुचाउनुहुन्छ कि मागीविवाह ?
मागीविवाह ।

कस्तो पुरुष रुचाउनुहुन्छ ?
समझदार, बुझकी, टाइम दिन सक्ने र सहयोगी ।

कस्ता पुरुष मन पर्दैनन् ?
मनमा पाप भएका, अरुको कुरा काट्ने एवं अहम भावना भएका र जो नारीलाई सम्मान गर्न जान्दैन ।

तपाईंको कमजोरी के हो ?
म छिट्टै कसैलाई विश्वास गर्छु यो मेरो कमजोरी हो ।

आफ़्नो कुरा के राम्रो लाग्छ ?
म सहयोगी छु । म अरुका कुरा बुझने प्रयास गर्छु ममा धैर्यता छ ।

मनपर्ने ठाँउ ?
सुन्दरनगरी पोखरा

मनपर्ने खाना ?
नेपाली खाना (दाल, भात र तरकारी)

मनपर्ने पहिरन ?
मगर पहिरन र सर्ट-पाईन्ट

(साभार नेपाली समाचार टोकियो जापान) 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया