Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
सङखुवासभा- ०७० मङसिर ४ गते । निर्वाचन आयोगले निर्वाचनका दिन सवारी साधनको प्रयोग गर्न नपाउने र गरेमा मुख्य निर्वाचन कार्यालयबाट अनुमती लिई जिल्ला प्रशासन कार्यालयले दिएको सवारीपास लिएर मात्र सवारी साधन चलाउन पाउने भने पनि जिल्लाका विभिन्न मतदान केन्द्रमा मंगलबार मतदाता ओसारपसारमा मोटरसाइकल प्रयोग गरिएको पाइएको छ ।
जलजलाको सिंहेश्वरी मावि मतदान केन्द्र क र ख, कालिका मावि मतदान केन्द्र क र ख लिङलिङ मतदान केन्द्र क र ख मा बढी मतदाताहरुले मोटरसाइलको प्रयोग गरी मतदाता ओसारपसार गर्ने गरिएको पाइएको हो ।
निर्वाचन आचरसंहिताको परिच्छेद २ अन्तर्गत सवारी साधन महलको ३० नम्बर बुदा अन्तर्गत निर्वाचनका दिन सवारीसाधन मार्फत कसैलाई पनि ओसारपसार गर्न नपाउने भनिएता पनि मतदान केन्द्रमा बढी मोटरसाइलको प्रयोग भएको पाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सवारी साधन प्रयोग गर्न पास आवस्यक भने पनि यो कार्यन्वयन हुन सकेन । जिल्लामा पर्यवेक्षणका लागि कार्टरसेन्टर, राजनैतिकदल र पत्रकार,पर्यवेक्षण गर्ने संस्थाले मात्र आचरसंहिता पालना गर्दै सवारी पास लिएको छ । ***
तपाईको प्रतिक्रिया