Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

election2

काठमाडौं- संविधानसभाको दोस्रो निर्वाचनका लागि मंगलबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । मतदानको सुरुवातमा उत्साहजनक सहभागिता देखिएको छ ।

मतदान बिहान साँझ ५ बजेसम्म हुनेछ । प्रत्यक्षका लागि हल्का नीलो र समानुपातिकका लागि हल्का रातो मतपत्र छ । दुईथरी मतपत्र लिन र छाप लगाउन एउटै लाइनबाट पाइन्छ । महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइन राखिएको छ ।
नयाँ संविधान निर्माणका लागि गठन हुने ६ सय १ सदस्यीय संविधानसभा अन्तर्गत प्रत्यक्षतर्फका २ सय ४० क्षेत्र र समानुपातिकतर्फका ३ सय ३५ सीटका लागि मतदान हुन लागेको हो । देशका १८ हजार बढी मतदान केन्द्रबाट मतदान भइरहेको छ ।
निर्वाचनमा प्रत्यक्षतर्फ १ सय २१ दलका ६ हजार १ सय २८ र समानुपातिकतर्फ १ सय २२ दल दलका १० हजार ७ सय ९ गरी १६ हजार ८ सय ३७ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
निर्वाचनका लागि १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता छन् । तीमध्ये ६१ लाख ६६ हजार ८ सय २९ महिला, ५९ लाख ८० हजार ८ सय ८१ पुरुष र १ सय ५५ तेस्रो लिंगी छन् । १० हजार १३ स्थलमा १८ हजार ४ सय ५६ मतदान केन्द्र तय गरिएको आयोगले जनाएको छ ।
आयोगले निर्वाचन अधिकृतको कार्यालयदेखि मतदान केन्द्रसम्मका गतिविधि केन्द्रबाटै निरन्तर अनुगमन गर्न ‘इलेक्ट्रोनिक ट्रयाकिङ सिस्टम’ प्रयोगमा ल्याएको छ । मतदान अधिकृतले मतदान केन्द्रको अवस्थाबारे विशेष कोडमार्फत पठाउने सूचना केन्द्रमा ‘डिकोडिङ’ हुने संयन्त्र जडान भएकाले धाँधलीको सम्भावना नहुने आयोगले बताएको छ ।
सविधानसभा निर्वाचन भईंरहँदा चुनाव प्रक्रियालाई व्यवस्थित र जोखिमरहित बनाउन मतदाता र सर्वसाधारणले विशेष नियमहरु पालना गर्नुपर्ने भएको छ ।
निर्वाचन आयोगले मतदान केन्द्रभित्र कुनै पनि किसिमको विद्युतीय तथा सन्चार उपकरणमाथि प्रतिवन्ध लगाएको छ । प्रवक्ता वीर वहादुर राईले क्यामरा, मोवाइललगायत कुनै पनि खाले विद्युतीय उपकरण मतदातकेन्द्रभित्र लान नपाइने निर्णय सोमबार आयोगले गरेको बताए ।
निर्वाचन आयोगले मंगलबारको चुनावलाई सुरक्षित वातावरण बनाउन बिहान ५ देखि राति १२ बजेसम्म सवारी साधन चलाउन निषेध गरेको छ । निर्वाचन आयोगबाट सवारी अनुमतिपत्र पाउने बाहेक कसैले पनि सवारी साधन प्रयोग गर्न पाउने छैनन् ।

तपाईको प्रतिक्रिया