Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

sushilकाठमाडौं- पार्टी सभापति सुशील कोइरालाको चुनावी प्रचार नै फितलो बन्दै गएपछि नेपाली कांग्रेस चितवनले हारबाट जोगिन एमालेसँग तालमेलको पहल थालेको छ ।

कांग्रेस चितवनले क्षेत्र नम्बर ५ मा एमालेका उम्मेदवारलाई सहयोग गर्ने गरी क्षेत्र नम्बर ४ मा सुशील कोइरालाको पक्षमा मतदान गर्नको लागि एमालेसँग आग्रह गरेको स्रोतले जनाएको छ ।

कांग्रेस स्रोतका अनुसार सभापति कोइराला उठेको दुवै क्षेत्र (बाँके ३ र चितवन ४)मा स्थिति ‘असहज’ भएपछि एमालेसँग तालमेल गरेरै भएपनि चितवनबाट जित्ने रणनीति कांग्रेस चितवनले अख्तियार गरेको छ ।

सभापति नै दुवै क्षेत्रबाट पराजित हुने अवस्थामा पार्टीकै साख गिर्ने खतरा भएकोले ‘जसरी पनि’ कोइरालालाई जिताउन कांग्रेस चितवन लागि परेको छ । त्यसको लागि बाँके भन्दा तालमेल गर्न चितवनमै सहज हुने देखेर एमालेसँग आग्रह गरेको कांग्रेसका एक नेताले जानकारी दिए ।

‘बाँके र चितवन दुवैमा जित्ने पक्का भएन’ ती नेताले भने, ‘एक ठाउँमा जिताउनै पर्ने भएकोले यहाँ (चितवन)मा तालमेल गर्ने योजना बनाएका हौं ।’

एमाले चितवन क्षेत्र नम्बर ४ र ५ दुवैमा दाबेदार नभएपछि तालमेल गर्दा फाइदा नै हुने निष्कर्षमा पुगेको भएपनि कांग्रेसलाई स्पष्ट जवाफ दिइसकेको छैन ।

क्षेत्र नम्बर ४ मा एमाओवादी र कांग्रेस प्रतिस्पर्धी तथा क्षेत्र नम्बर ५ मा एमाओवादी र राप्रपा प्रतिस्पर्धी देखिएपछि एमाले संस्थापन पक्ष तालमेल गर्दा एक सीट जोगिने देख्छ ।

तर क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएकी एमालेकी पार्वती रावल भने तालमेलको पक्षमा देखिन्नन् । नेता केपी शर्मा ओली पक्षधर रावल आफू नै चुनाव लड्ने योजनामा छिन् । उम्मेदवार तय गर्ने बेलामा संस्थापन पक्षले मनोमानी गरेको ठान्ने ओली पक्षधर रावल हारे पनि लडेरै हार्ने पक्षमा छिन् ।

रावलले केही समय अगाडि कांग्रेसको तर्फबाट तालमेलको प्रस्ताव आएको भएपनि आफूले अस्वीकार गरेको बताइन् । ‘हाम्रो जित सुनिश्चित भइसक्यो ।’ रावलले भनिन् ‘ त्यसैले कांग्रेसीहरु डराएर तालमेलको प्रचार गरिरहेका छन् ।’

दुई ठाउँबाट प्रत्यक्ष उम्मेदवारी दिएका कांग्रेस सभापति कोइरालालाई दुवै क्षेत्रमा असहज परिस्थिति उत्पन्न भएको छ ।

कांग्रेस चितवनले बागी उम्मेदवार कोइरालाले २ हजार भन्दा बढी मत काटेको अवस्थामा नतिजा सुशील कोइरालाको पक्षमा नहुने ठानेको एक नेताले जानकारी दिए । ***

 

तपाईको प्रतिक्रिया