Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
Baburamबुटवल – एमाओवादीका नेता तथा रूपेन्देही क्षेत्र नम्बर ४ का उम्मेदवार डा.बाबुराम भट्टराईले परिवर्तनलाई सस्थागत गर्दै जनताका पक्षमा संविधान लेख्न परिवर्तनकारी शक्तिलाई दुईतिहाइ वहुमत जरुरी रहेको बताए। परिवर्तनलाई चाहनेहरुको जित सुनिश्चित गर्नुपर्नेमा जोड दिदै यस पटक गर्न लागिएको संविधान सभाको चुनाव सामान्य खालको चुनाव नभएको बताएका छन्।
अहिलेको चुनावले जनताको भाग्यको फैसला गर्ने भएकाले मतदाताहरू सचेत हुनुपर्नेमा जोड दिए। रूपन्देही क्षेत्र नं ४ का  उम्मेदवारसमेत  रहेका उनले परिवर्तनकारी शक्तिले चुनाव जित्नुपर्ने र जनताका पक्षमा संविधान लेखिनुपर्नेमा विशेष जोड छ।
रूपन्देहीमा जनतासँग घरदैलो कार्यक्रममा पछि कोण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। छिटो संविधान बनाएर मुलुककको आर्थिक विकासमा लागि पर्नुपर्ने अहिलेको आबश्यकता भएको भट्टराईको भनाइ छ।
मुलुकको आर्थिक विकास र समृद्धिका लागि एमाओवादीलाई मत दिन उनले मतदाताहरुसग आग्रह गरे। उनले आफू चुनाव जितेर गएपछि प्रत्येक महिना जनताको घरदैलोमा आउने प्रतिवद्धता समेत जनाए। विश्वलाई नै शान्तिको अगुवाई गरिरहेको लुम्बिनीको विकासका लागि आफ्नो उम्मेदवारी यस क्षेत्रबाट भएको जनाए।  डा भट्टराई चुनावी प्रचारलाई ति्रबताका साथ लागेका छन्। ***
तपाईको प्रतिक्रिया