Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

Prachanda Okबेनी –  एकिकृत नेकपा माओवादीका अध्यक्ष पुप्पकलम दाहल ‘प्रचण्ड’ कात्तिक १४ गते  विहिबार बेनीमा आयोजित जनसभालाई सम्बोधन गर्न म्याग्दीमा आउने भएका छन् ।

एनेकपा माओवादी निर्वाचन प्रचारप्रसार समितिले आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेता देवराज सुबेदीले बताए । ‘हामी तयारीमा जुटेका र्छौं. उहाँको आगमनले चुनावी अभियानलाई थप मजबुद बनाउनेछ’ सुबेदीले भने । जनसभामा चुनावी अभियानमा रहेका प्रत्यक्षतर्फका उम्मेदवार लोकेन्द्र विष्ट मगर सहित अन्य नेताहरूले सम्बोधन गर्ने माओवादीले जनाएको छ । आम सभालाई केन्द्रित गरेर माओवादीले सदरमुकाम आसपासमा चुनावी सभा जारी राखेको छ ।
संविधानसभाको निर्वाचनमा मगँरात राज्य समितिका इन्चार्जलाई उम्मेदवार बनाएपछि माओवादीले चुनावी नतिजा आफ्नो पक्षमा पार्न कसरत स्वरुप प्रचण्डलाई ल्याउन लागेको स्रोतले बताएको छ । चुनावी आमसभामा पार्टी प्रवेश, पार्टीको चुनावी रणनिति, संविधान सभा लगाएत विभिन्न विषयमा प्रचण्डले गोप्य सर्कुलर गर्ने कार्यक्रम समेत तय गरिएको छ ।

समानुपातिकमा समावेश नगरेकोमा गुनासो गरिने
समानुपातिक तर्फबाट ३ जनालाई सिफारिस गरिएपनि उम्मेदवार नबनाएको भन्दै असन्तुष्टी जनाएका एमाओवादीका नेताहरूले प्रत्यक्ष आफ्नो गुनासो प्रचण्ड समक्ष राख्ने तयारी गरिरहेका छन् । समानुपातिकको सूची सार्वजनिक भएलगत्तै केन्द्रिय कार्यालयमा गुनासो गरेको नेताहरूले उम्मेदवार नहुदाँ निर्वाचनमा असर गर्ने भन्दै कूनै तरिकाले भएपनि उम्मेदवारको ब्यवस्था गर्न माग समेत गरेका थिए । पार्टीकै केन्द्रिय अध्यक्ष जिल्ला आउँदा यसलाई समेत उनिहरूले एजेण्डा बनाउने तयारी गरेको स्रोतले बताएको छ ।

 पहिलो पटक म्याग्दीमा
१० बर्षे माओवादीको जनयुद्ध सम्हालेका प्रचण्ड पहिलो पटक म्याग्दी आउँदैछन् । जनयुद्धको क्रममा २०६० साल चैत्र ७ गते सदरमुकाम बेनीबजारमा भिषण आक्रमण गरेर अन्तर्राष्ट्रिय स्तरमा समेत माओवादीको चर्चा कमाएको जिल्लामा पहिलो पटक सम्बोधन गर्न आएकाबेला उनले बेनीबजारको अवलोकन गर्ने योजना समेत बनाएको पार्टीले जनाएको छ । बेनीआक्रमण पछि प्रचण्डले बक्तब्य निकालेर ऐतिहासिक घटना भएको बताएका थिए । यसैविच म्याग्दीसँगै प्रचण्डले धौलागिरिको बागलुङ र पर्वतमा समेत सम्बोधन गर्ने कार्यक्रम तय गरिएको बताइएको छ । ***

तपाईको प्रतिक्रिया