Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं –  एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले बहुमत ल्याएमा एक वर्ष भित्रमा नयाँ संविधान जारी गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
एक वर्ष भित्रमा पनि नयाँ संविधान जारी हुन नसके देश दुर्घटनामा जाने खतरा रहेको बताउँदै अध्यक्ष दाहालले संविधानसभाबाट संविधान जारी हुन नसके मतदानको माध्यमबाट भए पनि नयाँ संविधान नागरिकसमक्ष ल्याएरै छाड्ने बताउनुभयो ।

एमाओवादी जिल्ला संगठन समिति तेह्रथुमद्वारा बिहीबार आयोजना गरिएको चुनावीसभा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बर्सेनि सरकार फेर्ने परिपाटीको अन्त्य गर्नुपर्ने र संघीयतासहितको गणतन्त्रका लागि तत्काल संविधान निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

यसअगाडि जनताले कुनै पार्टीलाई पनि बहुमत नदिएकाले देश पटकपटक दुर्घटनामा पर्दै आएको चर्चा गर्दै श्री दाहालले यसपटक आफूलाई बहुमत दिएर जिताए नयाँ संविधान निर्माण र आर्थिक क्रान्ति गरेर देखाउने बताउनुभयो ।  ***

तपाईको प्रतिक्रिया