Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
SUSHIL-KOIRALAनेपालगन्ज- नेकपा–माओवादी नेतृत्वको मोर्चाले संविधान सभा निर्वाचनका लागि दिइएको उम्मेदवारी फिर्ता लिन नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई लिखित पत्र बुझाएको छ ।
काठमाडौंमा रहेका कांग्रेस सभापति कोइरालाई बाँकेका नेपाली कांग्रेस जिल्ला सभापति अरुण कोइरालामार्फत मोर्चाले पत्र पठाएको हो ।
कांग्रेस सभापति कोइराला बाँके क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभएको छ । बाँकेमा माओवादीले शनिबारदेखि उम्मेदवारलाई भेटेरै उम्मेदवारी फिर्ताका लागि लिखित अनुरोध गर्दै आएको छ ।
आइतबार कांग्रेस सभापति कोइरालासँगै क्षेत्र नं ४ का कांग्रेसका उम्मेदवार कृष्णमान श्रेष्ठ, नेकपा एमालेका दलबहादुर सुनार, एनेकपा माओवादीका पूर्णाकुमारी सुवेदी तथा क्षेत्र नं १ का नेकपा एमालेका देवराज भार र एनेकपा माओवादीका महेश्वरराज गहतराजलाई उम्मेद्वारी फिर्ताका लागि लिखित अनुरोधपत्र बुझाइएको नेकपा-माओवादीका सचिव नविन शर्माले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया