Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं – नेपाली कांग्रेसले प्रत्येक वर्ष कोजागत पूर्णिमाको दिन गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।
नेताहरु निर्वाचनका लागि व्यस्तता भएकाले चियापान कार्यक्रम गर्न नसकिएको कांग्रेस मुख्यसचिव चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्ला जिल्लामा खटिएका नेता तथा कार्यकर्ताहरुलाई राजधानी बोलाउनु अव्यवहारिक हुने भएकाले र निर्वाचन आचारसंहितालाई समेत ध्यानमा राखेर चियापानको आयोजना नगरिएको उहाँले बताउनुभयो ।
निर्वाचन आयोगले मंसिर ४ मा हुने संविधानसभा निर्वाचनका लागि जारी गरेको आचारसंहितामा मतदातालाई प्रभावित पार्ने गरी चियापान तथा भोजभतेर गर्न नपाइने व्यवस्था छ । पार्टीहरुले केन्द्रियस्तरमा आयोजना गर्ने गरेका चियापान कार्यक्रमहरुलाई पनि आचारसंहिताले प्रभावित पार्ने निर्वाचन आयोगका प्रवक्ता विरवहादुर राईले जानकारी दिनुभयो ।
कांग्रेसले २०३३ मा बीपी कोइराला राष्ट्रिय मेलमिलाप नीति लिएर स्वदेश फर्केसंगै प्रत्येक वर्ष कोजागत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्दै आएको छ । त्यस्तै, नेकपा एमाले, एकीकृत माओवादीलगायतका दलले पनि चियापान कार्यक्रम नगर्ने भएका छन् । दलहरूले दसै“, तिहार, बकरइद, छठ, नेपाल सम्वत जस्ता पर्वको अवसरमा चियापान गर्दै आएका थिए । ***
तपाईको प्रतिक्रिया